२५ फागुन, काठमाडौं ।
गायक राजेशपायल राईले प्रेमि का साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६, गते काठमाडौं महानगरपालिका-३१, को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७, वर्ष र प्रेमिका सङबुङको उमेर राजे शपायलभन्दा आधाले कम छ ।
उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् ।
विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् ।
विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् ।दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ ।
समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै महिलाको विकास गर्नुपर्छ ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका बताउनुहुँदै उहाँले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उहाँको भनाइ थियो ।
हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पु¥याउन सबै महिला एकजुट हुनुपर्ने बताउनुभयो । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उहाँको भनाइ छ । समाज र मुलुकको समग्र विकासका लागि महिला र पुरुष हातमा हात साथमा साथ दिएर अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । महिलाको समस्या सम्बोधन गर्न र आवश्यक नीति निर्माणमा सदनमा आफूले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा कनकाई–२ का एक सय चार वर्षीया ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ का अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल)कर्मी अंशिका शर्मालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई उपसभामुख रानामगरले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाको हकहित र वृत्ति विकासका लागि काम गर्दै आएको बताउनुभयो ।
त्यस्तै उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताउनुभयो । आएका घटनालाई सबैको पक्षमा विजयको अवस्थामा मिलाउने हरसम्भव प्रयास गर्ने गरिएको बताउनुभयो । उहाँले महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकास लागि नगरले सक्दो सहयोग गर्ने र त्यस प्रकारका कामका लागि प्रस्ताव ल्याउनसमेत आग्रह गर्नुभयो ।