दुर्गा प्रसाईंका चालक समेत रहेका विजयले गरे आत्मदाहको प्रयास ?

रामेछाप खबर संवाददाता

१० फागुन, काठमाडौं ।

मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् ।

उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए।तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई तत्काल उद्धार बीएण्डसी हस्पिटल पुर्याइएको थियो ।

आत्मदाहको प्रयास गरेका उनको शरीरको पछाडिको जलेको बताइएको छ। के कारण उनले आत्मदाह प्रयास गरे त्यो खुलेको छैन ।

यो पनि : आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु, तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ ।

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो ।यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो ।

पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ । उक्त कार्य गाउँपालिकाले रु ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।