मञ्जन किन्दा तल चिन्ह हेरौं, नत्र जिन्दगीमा दाँतले दु:ख देला !

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

प्रायः हामी सबैले दिनहुुँ दाँत माझ्छौं । मुखको स्वास्थ्य’लाई विशेष ध्यान दिने धेरैजसोले दिनको दुईपटक दाँत माझ्ने गरेका छन् । अहिले दाँत माझ्न प्रायः मञ्जन प्रयोग गरिन्छ ।

तर मञ्जनको गुण’स्तर र रंगबारे हामीमध्ये धेरैजसो अनभिज्ञ हुन सक्छौं । विशेषतः चिकित्सक’हरुले मञ्जन वा ट्युबको बाहिर उल्लेख गरिए’को रङमा ध्यान दिन सुझाव दिएका छन् ।

हामीले मञ्जन’को सबैभन्दा तल्लो भागमा राखि’एको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।

कालो- टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइ’एको संकेत गर्छ ।

रातो -रातो रङले ट्युब’भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।

नीलो- नीलो रङको मञ्जनमा प्राकृ’तिक सामग्री र लाभदायक औषधि दुवै समा’वेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत’सम्बन्धी कुनै पनि प्रकारको रो’ग भएका व्यक्तिको निम्ति लाभ’दायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।

हरियो- ट्युबको बाहिर पोतिए’को हरियो रङको कोडले टूथपेष्ट शुध्द प्राकृतिक स्रोत र सामग्री’बाट बनेको संकेत गर्ने चिकित्सक’हरु बताउँछन् ।

तीमध्ये कालो रङको कोड भएको मञ्जन बाल’बालिकाका लागि हानि’कारक हुने बताइन्छ । यसमा रसायनको मात्र प्रयोग हुन्छ । तर, हरियो रंगको कोड भएको मञ्जनले दाँत’लाई अरु मञ्जनको तुलनामा लाभ’दायक हुने चिकित्सक’हरुले बताएका छन् ।

कोठामा रङअनुसारको प्रभाव, कुन कोठामा कस्तो रङ उपयुक्त ?
घरमा कोठाको रङ संयोजनलाई महत्वका साथ हेरिन्छ । किनभने, घरसँग मानिसको मनोविज्ञान जोडिएको हुन्छ । घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ ।

अधिकांशले आफ्नो घरलाई सुन्दर बनाउन हरसम्भव प्रयास पनि गरिरहेका हुन्छन् । चाडपर्वमा घरको सजावटमा अझ धेरै ध्यान दिन्छन् । घर सजावटका लागि घरमा राखिने फर्निचर, प्रयोग गरिने पर्दा, लुगा, कार्पेट, अन्य सजावटका सामग्रीलाई उत्तिकै महत्व दिइन्छ । त्यस्तै, घरमा सामान राख्दा रङको संयोजन कसरी गर्ने भन्ने कुरा झनै महत्वपूर्ण हुन्छ । घरभित्रको डिजाइन गर्दा कलर मिलाउन सकिएन भने घर नराम्रो देखिन सक्छ । आकर्षक देखाउनका लागि भित्ताको रङ, फर्निचर, कार्पेट, पर्दा र अन्य सामानसँग मिल्ने हुनुपर्छ ।

तपाईं कुनै कोठामा आँखालाई शीतल हुने र मन शान्त हुने रङ प्रयोग गर्नुपर्छ । घर जाँदा सकारात्मक महसुस हुने हुनुपर्छ । घर दिनभरिको थकान लिएर पुग्छौँ । त्यसैले घर छिर्दा आरामदायी हुनुपर्छ । पछिल्लो समय घरमा न्युट्रल कलर प्रयोग गर्ने चलन बढेको छ । धेरै रंगीचंगी वा अति रातो, हरियो वा नीलो कलर राख्ने चलन बिस्तारै हट्दै गइरहेको छ । न्युट्रल अर्थात् हल्का खालको देखिने कलरको संयोजनले कोठालाई शान्त र प्राकृतिक देखाउँछ ।

बेडरुम
बेडरुममा कलर मिलाउँदा ध्यान दिन जरुरी छ । रङले व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ । हल्का नीलो, गुलाबी, पहेँलो कलर संयोजन गर्न सकिन्छ । सुत्ने कोठाको कलर उमेरअनुसार पनि फरक हुने गर्छ । त्यसैले सोचाइ, मनोविज्ञान, स्वास्थ्य अवस्था आदिलाई ध्यानमा राखेर कलर प्रयोग गर्दा राम्रो हुन्छ ।

बैठक कोठा
बैठक कोठा खुला, उज्यालो र सहज लाग्ने हुनुपर्छ । यसका लागि भित्ताको कलर चम्किलो भएमा सोफा, टेबल र दराज आदिको कलर हलुका प्रयोग गर्ने । धेरै चम्किलो रङ पनि असहज लाग्ने खालको हुन्छ । तसर्थ, बैठक कोठामा भित्ताको कलर अति चम्किलो राख्नुहुँदैन । यदि बाहिरको प्रकाश सजिलै भित्र नछिर्ने ठाउँमा छ भने भित्ताको कलर हाइलाइट गर्न सकिन्छ ।

भान्साकोठा
कोठाको साइजअनुसार कलर गरेर भान्सालाई आकर्षक बनाउन सकिन्छ । वास्तुशास्त्रले पनि कोठाको सजावटमा कलर संयोजनलाई अर्थपूर्ण मानेको छ । भान्सामा सुन्तला र पहेँलो कलर राख्न सकिन्छ । तर, भान्सामा प्रयोग गरिने रङ गाढा हुन आवश्यक छ ।

कुन रङ बढी प्रयोग हुन्छ ?
– सेतो र गाढा खैरो प्रयोग गर्दा राम्रो हुन्छ । यसले रोयल लुक्स दिन्छ । सकारात्मक ऊर्जा प्रदान गर्छ । – बेडरुममा गाढा पहेँलो रङ छनोट गर्दा राम्रो हुन्छ । यसले मनमा शान्ति दिलाउँछ । – हरियो रङ शान्तिको प्रतीक हो । यस्तो रङको प्रयोगले प्रेम सिकाउँछ । हरियो रङ आँखाका लागि पनि निकै आरामदायी मानिन्छ । – पर्पल अर्थात् प्याजी रङले विलासिता तथा सिर्जनशीलताको प्रतिनिधित्व गर्छ ।