भर्खरै पुर्वमन्त्री तथा माननीय डा. तोसिमा कार्कीले लेखिन कडा स्टाटस, मिनेटमै भयो भाइरल !

रामेछाप खबर संवाददाता

२६ माघ, काडमाडौं ।

ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी तोसिमाले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।

सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् । राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी,

तिमी नसहनु है- छोरी,तिमी नजल्नु है । छोरी, म छु नि,मलाई भन्नु है । बरु ईज्जत जाओस्,बरु बेईज्जत होस्, बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्, छोरी आफैँलाई मात्र दोष नदिनु है, छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है । भन्दै लेखेकी छिन् । यस्तो छ उनले लेखेको कविताः

छोरी, तिमी नसहनु है। छोरी,तिमी नजल्नु है। छोरी, म छु नि, मलाई भन्नु है।बरु ईज्जत जाओस्, बरु बेईज्जत होस्, बरु बिवाह टुटोस्, बरु ईन्गेजमेण्ट टुटोस्, छोरी आफैँलाई मात्र दोष नदिनु है, छोरी तिमी नसहनु है, छोरी, तिमी नजल्नु है।

यत्ति हरेक घरले भन्न सक्नुपर्छ। विवाह टुट्दा… रिस्ता टुट्दा, एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ। जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो, त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजि हो।

समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए।

यस्तै उनले निर्वाचित हुदै गर्दा भनेकी थिईन- जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।

संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ’।

यसैबीच सरकारबाट बाहिरिने निर्णयलगत्तै पत्रकार सम्मेलन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजो विभिन्न मिडिया र पत्रकारको नामै किटेर विरोध मात्र गरेनन्, आधारहीन समाचार लेखे साथीहरू लिएर घेर्न आउने धम्कीसमेत दिए ।
खासगरी अखबार र अनलाइन मिडियाप्रति आक्रोशित र उत्तेजित अभिव्यक्ति दिएका लामिछानेले कतिपय पत्रकार/सम्पादकको व्यक्तिगत गतिविधिसमेत थाहा पाएको दाबी गरे ।

संसद्को चौथो ठूलो पार्टीको प्रमुखबाट आएको यस्तो अभिव्यक्तिलाई अखबारहरूले कसरी अर्थ्याए । शिलापत्रले यसलाई सरसर्ती केलाउने जमर्को गरेको छ ।

लामिछानेले आफूलाई कान्तिपुरले खेदो खनेको आरोप लगाएका थिए । आज कान्तिपुरले पहिलो पृष्ठमा छापेका दुई मुख्य समाचार लामिछानेकै अभिव्यक्तिमा केन्द्रित छन् । कान्तिपुरले रविको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘रवि लामिछानेको धम्कीपूर्ण घृणावाद’ शीर्षकमा सम्पादकीय नै लेखेको छ । पहिलो पृष्ठमा ‘रविले देखाए वास्तविक छवि’ र ‘रविलाई दर्जन प्रश्न’ शीर्षकमा दुई मुख्य समाचार छन् ।

आलोचना गर्ने मिडिया हाउसका प्रकाशक र पत्रकारमाथि गालीगलौजमा उत्रेका लामिछानेले मिडिया हाउस घेर्ने र भीडको नेतृत्व गरेर आफूअनुसार कारबाही गर्ने धम्की दिएको पहिलो समाचारमा उल्लेख छ ।

‘नेपाली मिडियाले उनको नागरिकता गैरकानुनी भएको समाचार लेखेको थियो, जसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सही ठहर गर्दै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिएको छ’, कान्तिपुरले लेखेको छ, ‘उनले दोहोरो राहदानी लिएको विषयमा पनि गृह मन्त्रालयमा उजुरी छ, तर उनी मन्त्री बनेर अनुसन्धान रोकाएका थिए । आफैँ गैरकानुनी नागरिकता र राहदानी बोकेका लामिछानेले नेपालमा सुशासन ल्याउने नारा दिएर चुनाव जितेका थिए ।’

‘रविलाई दर्जन प्रश्न’ मुख्य शीर्षक र ‘यी कुन तथ्य आधारहीन हुन् ?’ भन्ने उपशीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमै छापेको दोस्रो टिप्पणीमा रविमाथि प्रतिप्रश्न गरिएको छ । कान्तिपुरले १२ वटा बुँदामा प्रश्न राखेर कुनचाहिँ आधारहीन भएको भन्दै रविलाई नै प्रतिप्रश्न गरेको छ ।

‘सरकारी निकायलाई गुमराहमा राखेर राहदानी लिएको विषयमा गृह मन्त्रालयमा उजुरी परेको होइन ? अनुसन्धानका लागि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले प्रहरीलाई दिएको निर्देशन कहाँ छ ? उनी गृहमन्त्री भएपछि अनुसन्धान रोकिएको विषय आधारहीन हो ?’, टिप्पणीमा कान्तिपुरले सोधेको छ ।

सम्पादकीयलाई कुनै पनि मिडियाको संस्थागत धारणा मानिन्छ । कान्तिपुरले आजको आफ्नो सम्पादकीयमा रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको चौथो ठूलो दलका प्रमुखले सञ्चारमाध्यम र सम्पादक/प्रकाशकलगायतमाथि यो तहको गालीगलौज गर्नु, अप्रमाणित लाञ्छना लगाउनु र ‘कारबाही गर्ने’ धम्कीमा उत्रिनु अनपेक्षित मात्र होइन, अस्वस्थकर पनि रहेको सम्पादकीयमा उल्लेख छ ।

‘नेता भएपछि आलोचना र प्रश्नहरू सहन सिकून्, सके त्यसबाट शिक्षा लिऊन्, नसके पनि वैरभावचाहिँ नराखून्’, रवि लामिछानेको धम्कीपूर्ण घृणावाद शीर्षककाे सम्पादकीयमा कान्तिपुरले लेखेकाे छ, ’र, मुख्य कुरा त चुनावी जितको अनावश्यक उन्माद त्यागून् ।
२०६४ सालको निर्वाचनमा विजयी भएपश्चात् दम्भ नबढेको र सम्हालिन जानेको भए अहिले माओवादीको कद सायद यति सानो हुँदैनथ्यो, लामिछानेले यही उदाहरणबाट पनि सिकून् र आफूलाई सम्हालून् ।’

तेस्रो पृष्ठमा ‘प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना’ शीर्षकमा समाचार छापेको कान्तिपुरले पत्रकार महासंघका पूर्वअध्यक्षहरू सुरेश आचार्य, शिव गाउँले, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलगायतको भनाइ समेटेको छ ।

सोही पेजमा रविको रवैयामा ओलीको ऐक्यवद्धता शीर्षकमा एमाले अध्यक्ष केपी ओलीले संसदमा लामिछानेको बचाउमा गरेको भाषणलाई समेटिएको छ ।

दृष्टिकोण पृष्ठमा पनि कान्तिपुरले लामिछाने प्रवृत्तिको विरोध गर्दै लेखिएको लेखलाई स्थान दिएको छ । राजनीतिको ‘लामिछाने मानक’ शीर्षकमा अच्युत वाग्लेले लेखेका छन्, ‘अत्यन्तै खेदको कुरा हो, शासनशैलीमा परिवर्तन र मुलुकको आर्थिक समाजिक रुपान्तरणका नारा दिएर राजनीतिको केन्द्रमा स्थापित हुन आइपुगेका लामिछानेमा पुराना दलका भ्रष्ष्ट भनिएका नेताहरूको भन्दा पनि निकृष्ट स्वरूपको नैतिक स्खलन देखिएको छ । उनको धरातल प्रस्ट छैन । व्यवहारले उनी अन्तर्यमा प्रतिगामी देखिन्छन् ।’

कान्तिपुर मिडियाकै अङ्ग्रेजी अखबार द काठमान्डू पोस्टमा पनि ‘गृह गुमाएका लामिछानेको आक्रोश’ शीर्षकमा मुख्य समाचार छापिएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सत्तामा फर्किने बाटो अवरुद्ध पारेको भन्दै सञ्चारमाध्यमको कार्यालय घेराउ गर्ने धम्की दिएको समाचारमा उल्लेख छ । काठमान्डू पोस्टले दोस्रो पृष्ठमा लामिछानेले आफ्नो पार्टीलाई सरकारबाट बाहिर निकालेकोबारे खबर छापेको छ ।

भारतीय लगानीमा सञ्चालित अङ्ग्रेजी अखबार द हिमालयन टाइम्स’ले ‘गृह मन्त्रालय नपाउँदा रास्वपाले सरकार छाड्यो’ शीर्षकमा पहिलो पेजमा छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नदिएपछि संसदमा १९ सिट भएको रास्वपाले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको समाचारमा उल्लेख छ । यसबाहेक यो अङ्ग्रेजी अखबारले लामिछानेबारे अरु विषयलाई खासै स्पेस दिएको छैन ।

अन्नपूर्ण पोस्टले पनि लामिछानेको अभिव्यक्तिलाई खासै महत्त्व दिएको छैन । ‘जहाँ किसानको पसिना सडकमा पोखिन्छ’ शीर्षकको समाचारमा १० वर्षयता तरकारी उत्पादनको स्थिति’ केलाएको अन्नपूर्णले प्रथम गभर्नर हिमाल शमशेर जबराबारे एंकर न्युज बनाएको छ । जबराको हिजो निधन भएको थियो ।

अन्नपूर्णले पहिलो पृष्ठको दाहिने कर्नरमा ‘रास्वपा सरकारबाट बाहिरियो, समर्थन यथावत’ (अनलाइनमा फरक शीर्षक) समाचार छापेको छ । अनि एकैचोटि चौथो पेजमा ‘लामिछानेको अभिव्यक्तिप्रति महासंघको आपत्ति’ शीर्षकमा सानो समाचार छ ।

नयाँ पत्रिकारले ‘४२ दिनमै सरकारबाट बाहिरिरयो रास्वपा’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ । सरकार छाड्ने पार्टीमा निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मिडियाप्रति आक्रामक देखिएका लामिछानेले आफूलाई निरन्तर ‘खेद्ने र घेराबन्दी’ गर्ने काम भएको दाबी गरेको तथा केही मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर आक्षेप लगाएको नयाँ पत्रिकाले लेखेकाे छ ।

नागरिक दैनिकले ‘सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकमा छापेको मुख्य समाचारमा मिडियाप्रति लामिछानेले गम्भीर लाञ्छना लगाएको उल्लेख छ ।

सरकारी अखबार गोरखापत्रले पहिलो पृष्ठको देव्रे कर्नरमा रास्वपा सरकारबाट बाहिरिएको समाचार छापेको छ ।

‘सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकमा समाचार बनाएको गोरखापत्रले रास्वपा सभापतिले नागरिकतामा त्रुटि भएको स्वीकार गरेको उल्लेख छ ।

दोस्रो पृष्ठमा लामिछानेको अभिव्यक्तिप्रति आपत्ति शीर्षकको समाचार छ, जुन विभिन्न निकायले लामिछानेको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सार्वजनिक गरेको विज्ञप्तिलाई आधारमा बनाइएको हो ।

राजधानी दैनिकले ४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा शीर्षकमा समाचार छापेको छ । आजै साँघु साप्ताहिक प्रकाशित छ । यसले आफ्नो पहिलो पृष्ठमा राष्ट्रपतिका लागि कांग्रेसको ढोक्सा, प्रचण्डले केपी र रविसँग पोखेर आक्रोश’ शीर्षकको समाचार छापेको छ । सोही समाचारमा उसले ‘रविको दलभित्रै दुई धारको संकट’ भएको दाबी गरेको छ ।