काठमाडौंमा घट्यो डरलाग्दो घटना , प्रहरी पुग्दा सबैको रुवाबासी

रामेछाप खबर संवाददाता

२३ माघ, काडमाडौं ।

आर्थिक अभावका कारण राजधानीको पुरानो बानेश्वरमा बुबाले आफ्नै छोरीको छु रा प्र हार गरी ह,त्या गरेका छन् । रामेछाप खाँडादेवी स्थायी घर भई पुरानो बानेश्वरमा भाडामा बस्दै आएका ४२ वर्षीय किशोर भण्डारीले ७ वर्षीया छोरीको घाँटी रेटी ह त्या गरेपछि आफूले समेत आलत्मह त्या गरेका हुन् ।

पेसाले फार्मेसी व्यवसायी भण्डारीले छोरीको ह त्यापछि आ त्मह त्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार छोरीको घाँटी रेटेर ह त्यापछि भण्डारी पा,सो लगाएर आत्मह त्या गरेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा कमजोर आर्थिक अवस्था कारक देखिएको छ ।

‘शारिरीक रूपमा कमजोर अवस्थामा रहेकी छोरीको उपचारमा पैसा जुटाउन नसकेर छोरीको ह त्या गरेपछि आफूले समेत आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, थप अनुसन्धान हुँदै छ,’ घटना अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले भने ।

प्रहरीका अनुसार भण्डारीले छोरी शारीरिकरूपमा अशक्त रहेको र उपचार गर्दा पनि निको नभएको भन्दै आफन्तसँग समेत गुनासो गर्दै आएका थिए । भण्डारीले घटनाअघि शनिबार नै श्रीमती र ६ महिने छोरालाई पेप्सिकोलास्थित आफन्तको घरमा पठाएका थिए । त्यसपछि भण्डारीले कोठाभित्रै पहिला छोरीको ह त्या गरेर पछि आफूले पासो लगाएर आत्म ह त्या गरेको प्रहरी बताउँछ ।

घटना’ श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किएपछि मात्रै प्रहरीले सूचना पाएको थियो । ‘भण्डारीले घटनाको योजनाअनुसार पहिले श्रीमती र छोरालाई आफन्तकहाँ पठाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् ।

प्रहरीका अनुसार ह त्या हुँदा भण्डारीले भित्रबाटै कोठाको ढोका लगाएका थिए भने उनकी श्रीमती फर्किएपछि ढोका नखुल्दा होहल्ला भएपछि छिमेकी पुगेर ढोका खोलेका थिए । त्यसपछि वि भत्स घटना देखिएपछि प्रहरीलाई बोलाइएको थियो ।

प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’ पनि फेला परेको छ । सो नोटमा छोरीको अवस्था’ उल्लेख गरिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । फाइल तस्बिर