जेरी संग डिभोर्स गरेको ३ महिना नबित्दै शंकरले गरे दोस्रो विवाह

रामेछाप खबर संवाददाता

काडमाडौं ।

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो ।

तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः रहेको खबरहरु बाहिरिरहेका छन् ।पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेका खबरहरु बाहिरिरहेका छन् ।

जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।

यसैबीच, शंकरले समेत बोल्ड डिसिजन सुनाएका छन् । विभिन्न चलेका युट्युब च्यानलहरुमा भिडियो अन्तरवार्ता दिदै शंकरले जेरिलाई डिभोर्स नदिने निर्णय सुनाएका हुन् । शंकरले भावुक हुदै ठूलो घोषणा समेत गरेका छन् । शंकरले आफूले मिल्न चाहेको भन्दै अभिव्यक्ती दिएका छन् ।

आईएफआर जडान भएका विमानस्थलमा भीएफआर उडान बन्द

प्राधिकरणका अनुसार अब आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) प्रणाली जडान भएका सबै विमानस्थलमा भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज उडाउन प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणको यो नियम अनुसार अब तराईका सबै विमानस्थल र पोखरा (आईएफआर सिस्टम जडान भएपछि)मा भीएफआर उडान हुने छैन । यो नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अनिवार्य लागु हुने भएको छ । तर, यसमा साना जहाजहरु (ट्वीनअटर, एलईटी–४१०, डोर्नियर)लगायतमा भने अनिवार्य गरिएको छैन । ठूला जहाजले आईएफआर प्रणालीमा मात्र रहेर उडान गर्नुपर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीमा उडान गर्ने डेजिगनेटेड चेक पाइलट (प्राधिकरणको विशेष परीक्षामा पास भएर तोकिएका वरिष्ठ पाइलट)हरुको ‘स्किल टेस्ट’ अब सम्बन्धित वायुयान निर्माता कम्पनीको ‘फ्लाइट क्रु इक्जामिनर’मा मात्र गर्न पाउने भएका छन् । यसअघि एक प्रकारको जहाज उडाउने पाइलटले अर्को कम्पनीको ‘फ्लाइट क्रु इक्जामिनर’मा समेत यस्तो टेस्ट लिने गरेका थिए ।

जाँदा जहाज उडाएको पाइलट जोडी फर्किंदा परिवर्तन गर्न रोक

प्राधिकरणले कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलट जोडी बीचमा परिवर्तन गर्ने सकिने नियम परिवर्तन गरेको छ । यसअघि कुनै एक पाइलट/कोपाइलटको ड्युटीआवर सकिने अवस्था रहँदा जहाजमा अर्को एक पाइलटलाई यात्रुका रुपमा लगेर फर्किँदा उनी ककपिटमा बस्ने र शुरुमा ककपिटमा बसेको पाइलट यात्रु सिटमा बस्न पाउने व्यवस्था थियो । केही छिनमै ककपिटमा जोडी परिवर्तन गर्दा समन्वयमा जोखिम हुने भन्दै प्राधिकरणले यस्तो नियम ल्याएको बताएको छ ।

अब काठमाडौंबाट नेपालगञ्ज जाँदा कुनै एक पाइलटको ड्युटीआवर सकिने अवस्था छ भने वायुसेवा कम्पनीले सो जहाज नेपालगञ्ज फर्कंदासम्म पुग्ने गरी ड्युटीआवर भएको पाइलटलाई मात्र ककपिटमा राख्न पाउने भएका छन् ।

दुर्गममा पाइलटको ड्युटीआवर घट्यो

प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा उडान गर्ने पाइलटको दैनिक ड्युटीआवर समेत घटाएको छ । अब यी विमानस्थलमा एक जना पाइलटले दैनिक ८ घण्टा वा ८ उडान/अवतरण मात्र गर्न सक्ने छन् । यसअघि यो १० घण्टा वा १० उडान अवतरण रहेको थियो । सुगममा भने ड्युटीआवर यथावत रहेको छ ।