यी हुन महिलाले प्रेमी वा पतिसँग कहिलै पनि नबताउने पाँच रहस्य

रामेछाप खबर संवाददाता

काठमाडौं ।

भनिन्छ प्रेम गर्ने व्यक्तिसँग सबै कुरा सेयर हुन्छन्। सबै खुलस्त बनाइन्छ । मन मिलेपनि केही गोप्य कुरापनि प्रेमीकाले प्रेमीको बताउछन् ।

तर केही कुराको हकमा भने यस्तो भनाइ लागू हुँदैन्। किनकी केही यस्ता कुरा हुन्छन्, जुन महिलाले पुरुषसँग लुकाएका छन्। अर्थात पुरुषसँग भन्न चाहदैनन्। जानौँ ती केही रोचक कुरा

१, महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन खोज्दैनन्, कि खास पल (पतिसँगको पहिलो रात) मा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन।

२, कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–पत्नीबीच सहमति नहुनसक्छ । तर, पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।

३, महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर एउटा कुरामा ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।

४, हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि पर्दैनन् ।

५, महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् ।