लोकदोहोरी गायक भीम पौडेलको निधनको यस्तो रहेछ कारण !

रामेछाप खबर संवाददाता

१४ माघ, काठमाडौं ।

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा, खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

उनी केही समयदेखि बिरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन् । उनको घरमै निधन भएको हो । “लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए ।

दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” अध्यक्ष बिजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णायक थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।”

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् । “भीम शालीन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,” उनले भने ।

पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ । लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए। लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए ।

पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् । दोहोरी गायक भीम पौडेलको श्रदान्जलीका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिब जिबन दाहाल दाईको टिम,इन्द्रेणी को कृष्ण कंडेल दाईको टिम सहित रबिन लामिछाने लगाएतको टिम पोखरामा जाने तयारी गरेका छन् ।

दोहोरी गायक भिम पौडेलको सब अहिले ११ बजे स्याङ्जा देखि कास्कि पोखराको राम घाटमा ल्याएर अन्तिम श्रध्दाञ्जलि पछि दाह सस्कार गरिने परिवारले जानकारी गराएका छन् । भीमलाई सम्झँदै अध्यक्ष विजी भन्छन्, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ। राम्रो प्रतिभा भएको मान्छे हो।’

रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षती बेहोरेको बताउँछन्। भन्छन्, ‘भीम शालीन स्वभावको प्रतिभावान गायक हुन्। उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो। दोहोरी गायक भीम पौडेलको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिने भएको छ।