काठमाण्डौः
जब बालबच्चा रुन थाल्छन्, मोबाइल वा टेलिभिजनको अगाडी लगेर राखिदिने अनि आफु अन्य काममा लाग्ने ।
यो नियती जहाँतहि देखिन्छ । पछिल्लो समय यस्तो ‘ट्रेन्ड’ हरेका परिवारमा देखिन्छ । तर, यस्तो गल्ती कहिलै गर्नुहुँदैन् । यसबारे विश्व स्वास्थ्य संगठनले समेत बोलेको छ । बालबालिकालाई लामो समयसम्म मोबाइल, टि.भी तथा कम्प्युटर हेर्न दिदा उनीहरुको चौतर्फी विकासमा असर पर्ने देखिएको छ ।
विश्व स्वास्थ्य संगठन र अमेरिकी पेडियाट्रिक एसोसिएसको गाइडलाइन अनुसार ६ वर्षभन्दा मुनिका बालबालिकालाई सकेसम्म मोबाइल चलाउन दिनु हुँदैन । उनीहरुका अनुसार दुई वर्षभन्दा मुनिका बालबालिकालाई मोबाइल टिभि देखाउदै नदेखाउने अर्थात जिरो स्क्रिीनको नियम लागु गर्नुपर्ने बताएका छन् ।
स्क्रिनको लत छुटाउन नसके बालबालिकामा आँखाको रोग मात्र नभई शारीरिक तथा मानसिक रोग समेत देखिने चिकित्सकहरु बताउछन् ।
बालबालिकालाई मोबाइल,टि.भि तथा कम्प्युटर हेर्नबाट रोक्न सृजनात्मक कार्य सिकाउने, उनीहरुका कुरा सुन्ने र सुनाउने र नयाँ ठाउँमा देखाउने लगायत अतिरिक्त क्रियाकलाप गराउन आवश्यक छ ।
जान्नुहोस् कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने ?
ज्योतिष शास्त्रका अनुसार अशुभ ग्रह, प्रतिकूल ग्रहयोगबाट बच्न शान्ति, दान, कवच धारण, रत्न धारण एवम् रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ ।
त्यसो भए कुन ग्रहका कस्तो रुद्राक्ष धारण गर्ने त ? यो आलेखमा कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने भनेर उल्लेख गरिएको छ ।
सूर्यः सूर्यका लागि एकमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । चन्द्रमाः चन्द्रमाका लागि दुईमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । मंगलः मंगल ग्रहका लागि तीनमुखे एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
बुधः बुधका चारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । बृहस्पतिः बृहस्पति ग्रहका लागि पाँचमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । शुक्रः शुक्र ग्रहका लागि छमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शनिः शनि ग्रहका लागि सातमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । राहुः राहु ग्रहका लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । केतुः केतु ग्रहका लागि नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । अशुभ योगका बेला यस्ता रुद्राक्ष धारण गर्दा लाभदायक हुन्छ । कालसर्प दोषः आठ एवम् नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । शकट योगः दुई एवम् दशमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
केमद्रुम योगः दुईमुखे रुद्राक्ष सेता धागोमा बाँधेर हरेक सोमबार लगाउन गर्नुहोस् । ग्रहण योगः सूर्य ग्रहण योगका लागि एकमुखे, आठमुखे या नौमुखे रुद्राक्ष रातो धागोमा बाँधेर आइतबार लगाउने गर्नुहोस् । यस्तै चन्द्र ग्रहण योगका लागि दुईमुखे, आठमुखे, या नौमुखे रुद्राक्ष सेतो धागोमा बाँधेर लगाउने गर्नुहोस् ।
मंगल दोषः एघारमुखे रुद्राक्ष रातो धागोमा बाँधेर मंगलबारका दिन लगाउने गर्नुहोस् ।