पानी कति पिउने ? धेरै पिए हुन सक्छ यस्तो खतरा !

रामेछाप खबर संवाददाता

काठमाण्डौः

पानी पिउन सामान्य दैनिकी भएतापनि शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ ।

शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विकार तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।

पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् ।

शरीरमा पानीको उचित मात्रा कति ?
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।

प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।

धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ ।

ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ।

उचित तरिकाले पानी पिउँदा हुने फाइदा
पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ । महिला स्वास्थ्य