के साच्चिकै इन्टरनेट बन्द गरी मेसेज पढेको कुरा पठाउनेलाई थाहा हुन्न ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

हामीले दिनहुँ विभिन्न मेसेजिङ एपहरू प्रयोग गरिरहेका हुन्छौं । कतिपय अवस्थामा हामीलाई त्यस्ता मेसेजिङ एपमा अनावश्यक मेसेज पनि आइरहेका हुन्छन् । कुनै मेसेज हामीले जानीजानी हेरेका हुँदैनौँ भने कतिपय सिन गरेर छोडिदिन्छौँ ।

तर कहिले सोच्नु भएको छ यस्ता मेसेजिङ एपमा आएका मेसेज इन्टरनेट कनेक्सन अफ गरी हेरेर पुनः मेसेज ‘मार्क एज अनरिड’ गर्‍यो भने के हुन्छ होला ?

त्यसो गर्दा हाम्रो इनबक्समा उक्त मेसेज हेरिएको छैन भन्ने देखिन्छ । तर, पठाउने व्यक्तिले हामीले मेसेज हेरिसक्यौँ (सिन) भन्ने थाहा पाउँछ । इन्टरनेट अफ गरेर हेरिएको मेसेज इन्टरनेट अन गरिसकेपछि भने प्राप्त गरेको व्यक्तिले सिन भएको थाहा पाउन सक्छन् ।

त्यसैले इन्टरनेट अफ हुँदा त्यस्ता मेसेजिङ एपमा मेसेज हेरेर पुनः मार्क एज अनरिडमा राख्दा त्यसको खासै औचित्य हुँदैन ।

त्यसोभए मेसेजिङ एपमा किन ‘मार्क एज अनरिज’को अप्सन राखिएको हुन्छ होला त ? वास्तवमा तपाईँले कुनै मेसेज झुक्केर हेर्नुभयो । तर, त्यही बेला सो मेसेजको रिप्लाई दिन भ्याउनु भएन भने त्यस्तो अवस्थामा पनि मेसेजलाई ‘मार्क एज अनरिड’मा राख्न सक्नुहुन्छ ।

यदि तपाईँले कुनै पेज वा सामुहिक फेसबुक अकाउन्ट प्रयोग गरिरहनु भएको छ र आफूसँग सम्बन्धित नभएको मेसेज हेर्नुभयो भने त्यसलाई ‘मार्क एज अनरिड’ गर्न सक्नुहुन्छ ।

फेसबुक मेसेन्जरमा हेरिसकेको मेसेज कसरी ‘मार्क एज अनरिड गर्ने ?

फेससबुक मेसेन्जरमा आएका मेसेज एक पटक हेरिसकेपछि ‘मार्क एज अनरिड’ गर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।- त्यसपछि आफूले मेसेज हेरिसकेको व्यक्तिको नाम लेखिएको ठाउँमा केहीबेर ट्याप गर्नुहोस् ।- अनि त्यहाँ भएको ‘मार्क एज रिड’ को अप्सन छान्नुहोस् ।

यसरी मेसेज मार्क एज अनरिड गर्न सक्नुहुन्छ ।

अर्को व्यक्तिलाई थाहै नदिई कसरी फेसबुक मेसेन्जरको मेसेज हेर्ने त ?

तपाईँलाई कुनै व्यक्तिको मेसेज हेर्न मन लाग्यो तर सिन भएको देखाउन चाहनु हुन्न भने तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले मेसेन्जर खोल्नुहोस् ।- त्यसपछि मेसेज पठाउने व्यक्तिको नाममा ट्याप गरेर केहीबेर होल्ड गर्नुहोस् ।- अनि ‘अर्काइभ’ (Archive) को अप्सनमा ट्याप गर्नुहोस् ।- यति गरेपछि उक्त मेसेज अर्काइभमा बस्छ ।

– त्यसपछि बायाँपट्टि माथि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।- अनि ‘अर्काइभको अप्सन’मा क्लिक गर्नुहोस् ।- र, उक्त अकाउन्टबाट आएको मेसेज हेर्नुहोस् ।

त्यसबाहेक पनि नोटिफिकेसनबाटै मेसेज हेर्न सकिन्छ । साथै मेसेज इन्गोर गरेर वा रेस्ट्रिक्ट गरेर पनि पठाउने व्यक्तिको मेसेज उसलाई थाहै नदिइ हेर्न सकिन्छ ।