मन्त्री नपाएका ज्ञानेन्द्र शाहीले पाए अर्को ठूलो जिम्मेवारी

रामेछाप खबर संवाददाता

४ माघ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

उनी राप्रपाका प्रवक्तासमेत हुन्। ’मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छ’, शाहीले भने, ’मैले पार्टी भित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिएँ।

जनताको भनाई समचार को अन्तिममा छ हजुर ह्रु रुले पढेर मत जाहेर गर्नु होल । युबा पिडिका आसा दिप ज्ञानेन्द्र शाहि लाई लात हानेर ढेकेदार लाई मन्त्री बनाउने राजेन्द्र लिङदेल लाई मतदाता र ठुङा हान्छ्न सहमत हुने ले सेयर गरौ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् भने उपाध्यक्ष ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन्। ऊर्जा राज्यमन्त्री दिपक सिंह भएका छन् ।

आज दिउँसो शितल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै राप्रपाका मन्त्री र प्रधानमन्त्रीबाट शपथ लिएलगत्तै राज्यमन्त्री पशुपति पुगेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट मन्त्री भएकाहरू पशुपतिनाथ पुगेको र त्यसलगत्तै उनीहरू पदबहालीका लागि सिंहदरबार जाने बताए ।

काठमाडौं। रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन्। उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गरे ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए
उनले भने, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभइ समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ। राष्ट्रको सम्मुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ ।

रक्षामन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छमन्त्रालयमा चार वटा महाशाखा र८३ कर्मचारीको दरबन्दी छ ।

युबा पिडिका आसा दिप ज्ञानेन्द्र शाहि लाई लात हानेर ढेकेदार लाई मन्त्री बनाउने राजेन्द्र लिङदेल लाई मतदाता र ठुङा हान्छ्न जतासुकै यहि कुरो आएको छ साहि को नाम बेचेर चुनाब जितेको र उनकौ नाम बाट पलाएको रा . प्र. पा को खईरियत छैन राजेन्द्र ले देश लाई नि गर्द्दार गरे भनेर जताततै भनिएको छ हजुर हरुको प्रतिक्रिया दिनु होला ।

कर्मचारी नहुँदा सेवा पाउनबाट वञ्चित स्थानीय
डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जाल जोडिएसँगै हप्तादिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ ।

भेरी नदीमा अस्थायी पुल निर्माण भएसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि स्थानीय खुसी भएका छन् । दुर्गम जिल्ला डोल्पामा यातायात सेवा विस्तार भएपछि स्थानीयलाई केही हदसम्म सहजताको अनुभूति गरेका छन् । सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीनवटा पालिका जानका लागि अझै पनि पैदल वा घोडाको साहारा लिनुपर्ने बाध्यता भने यथावत् नै छ । त्यहाँका कर्मचारीहरू कार्यालयमा बसेर तलब, भत्ता मात्र खाने गरेको जनप्रतिनिधीहरु नै गुनासो गर्दछन् ।

अधिकांश काम दुनैबाट गर्ने र वर्षदिनमा हप्ता दिन जस्तो मात्रै कार्यालय पुग्ने पालिकाका कर्मचारीहरु सामाजिक सञ्जालमा काम गरेको पोष्ट राख्ने गरेका जनप्रतिनिधिको गुनासो छ । “जनतासँग दैनिक हामीले काम गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्, फोन गर्दासमेत सम्पर्कमा नआएर दुःख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताउनुभयो ।
“प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौँ हुनुहुन्छ, फोन गर्दा उठाउनुहुन्न, पालिकामा एकजना पनि कर्मचारी छैनन्, स्थानीयको काम गरिदिने कसले ?, देशमा सङ्घीयता आए पनि हाम्रो पालिकामा आएकै छैन”, उहाँले भन्नुभयो ।

सधैँ पालिकाभन्दा बाहिर बसेर सधैँ तलब, भत्ता खाने गरेको आरोप गुरुङले लगाउनुभयो । उहाँका अनुसार पालिकाको काममा गएको भन्दै लामो समयदेखि सेजुवाल काठमाडौँ बस्दै आउनुभएको छ । अन्य कर्मचारीहरू पनि व्यक्तिगत काममा बसेका कारण पालिकामा कर्मचारी कोही पनि नभेटिने गरेका छार्काताङसुङ–४ का पासवान रोकाय बताउनुहुन्छ ।

उहाँले पनि कर्मचारीहरु सदरमसकाम नै बसेर काम गर्ने र कार्यालय कहिलेकाहीँ मात्र आउने गरेको गुनासो गर्नुभयो । पालिकाका सूचना प्राविधिक अधिकृत किरण केसी पनि सम्पर्कमा हुनुहुन्न भने गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङ पनि काठमाडौँमा हुनुहुन्छ ।

गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले सेवाग्राही मात्र नभएर आफू पनि पीडित भएको बताउनुहुदै जतिबेला पनि सम्पर्कमा रहनुपर्ने व्यक्तिले फोन समेत उठाउने नगरेको बताउनुभयो ।उहाँ भने काम परेको बेला आफु जतिबेला जुनसुकै ठाउँमा पुग्ने गरेको बताउनुहुन्छ । बजेटका लागि काठमाडौँ पुग्नुभएका अध्यक्ष गुरुङ पालिकाको विकासलाई गति दिन केन्द्र सरकार र मन्त्रीहरुसँग छलफलमा रहेको बताउनुभयो । गाउँपालिकामा हुने अधिकांश कामहरू कर्मचारी नहुँदा समस्या हुँदै आएको सेवाग्राहीले बताएका छन् ।