यसकारण निस्किन्छ हाम्रो शरीरबाट काँडा (थाहा पाउनुहोस्)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसलाई जाडो हुँदा , डर लाग्दा , खुसी तथा हर्षीत महशुस गर्दा शरीरमा ससाना विमिरा देखा पर्ने गर्दछन् । सोही विमिरालाई हामीले शरीरमा काँडा उठेको भन्दै आएका छौँ । शरीरमा काँडा उठेपनि यो के कारणले उठ्छ ? त्यो प्राय कमै व्यक्तीलाई मात्र थाहा होला ।

शरीरमा काडाँ उठ्नुमा ग्रन्थीको महत्वपूर्ण भूमिका रहेको पाइएको छ । एक अनुशन्धानका अनुसार मानिसको शरीरमा रहेको एड्रिनालिन ग्रन्थीका कारण जाडो हुँदा , डर लाग्दा , खुसी तथा हर्षीत महशुस गर्दा शरीरमा ससाना विमिरा देखा पर्ने गर्दछन् ।

उक्त कुराको खोज वेलायतका एक सोधकर्ता डाक्टर डेनियल निडिसले गरेका हुन् । उनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

डाक्टर डेनियलको अनुशन्धानका आधारमा भनने हो भने मानिसको शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कने र यसले रौँको फेदमा रहेका स–साना मांसपेशी खुम्च्याईदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छन् । त्यसैलाई नै हामीले काँडा उठेको भन्छौं ।

यस्तो काँडा मानिसमा मात्रै नभई जनावरमा पनि देखिने तर, उनीहरुको शरीरमा हुने रौले हामीले देख्न नसक्ने अनुशन्धानबाट पत्ता लागेको छ । जनावरहरुले खतराको महसुस गर्दा तत्काल काँडा उठाउने र आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन् ।

जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुँने डेनियलले बताएका छन् ।