उभिएर पानी र बसेर दूध किन नपिउने ? जान्नुहोस् दुध र पानी पिउने सही तरिका

रामेछाप खबर संवाददाता

काठमाडौं ।

भन्छन्, बसेर पानी पिउनु पर्छ, उठेर दुध पिउनु पर्छ, नत्र हानि हुन सक्छ । यो भनाइ सामान्य लाग्न सक्छ, तर यसको पछाडि ठूलो वैज्ञानिक तर्क पनि रहेको छ । जसले प्रमाणित गर्छ कि बसेर पानी पिउनु फाइदाजनक हुन्छ ।

सोही समयमा उभिएर पिउनु हानिकारक हुन सक्छ । त्यसैगरी दुध उभिएर पिउनुपर्छ । बसेर दुध पिउँदा फाइदाको सट्टा हानि हुन सक्ने विज्ञहरु बताउँछन् । आउनुहोस् जानौं, दूध र पानीसँग सम्बन्धित यो प्रसिद्ध भनाइको पछाडि के वैज्ञानिक तर्क छ ।

किन बसेर पानी पिउने ?
बसेर पानी पिउनुको पछाडिको कारण रोचक छ । बसेर पानी पिउँदा स्नायु प्रणाली र मांसपेशीलाई आराम मिल्छ । यसले पाचनमा पनि मद्दत गर्छ । बसेर पानी पिउनाले मिर्गौलाले सजिलै पानी फिल्टर गर्न सक्छ । तर उभिएर पानी पिउँदा लाभ नहुन सक्छ ।

उभिएर पानी किन नपिउने ?
उभिएर पानी पिउँदा हुने सबैभन्दा ठूलो नोक्सान भनेको हड्डीबाट क्याल्सियम कम हुनु हो । यस बाहेक, तपाईंले मुटु पोल्ने र अल्सर जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । पेटमा एसिड बन्ने भएकाले पाचनमा समस्या हुन सक्छ । उभिएर पानी पिउनाले जोर्नीमा तरल पदार्थ जम्मा भएर गठियाको समस्या समेत हुन सक्छ ।

दूध कसरी पिउने ?
दुध उभिएर होईन बसेर पिउनुपर्छ । उठेर दुध पिउनुको पछाडि तर्क के छ भने यसबाट दुधको पोषक तत्वहरु राम्ररी सबैतिर पुग्न सक्छ । तर बसेर दुध पिउने हो भने यो खानाको तल्लो भागमा जम्मा हुन्छ, राम्ररी पच्दैँन् । यदि यो लगातार हुँदै गयो भने यसले पछि ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी छ ।