सपनामा नुहाएको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

रामेछाप खबर संवाददाता

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

१. कुवामा नुहाएको देखेमा * सन्यासी बन्नु ।२. अलि अलि बादल देखे * रोगबाट लाभ ।३. ऊँट देखेमा * अपार धन प्राप्ति हुनु ।४. आकाश देखेमा * ऐश्वर्य वृध्दि, सन्तान हुनु ।५. आगो उठाएको देखेमा * अवैध धन प्राप्ति ।६. आगो बालेर समातेमा * कष्ट हुनु, व्यर्थ व्यय हुनु ।७. ओढ्ने कम्बल देखेमा * बदनाम हुनु ।८. औंठी लगाएको देखेमा * धनलाभ र प्रशन्नता ।९. कलम देखेमा * महान व्यक्तिसँग भेट हुनु ।१०. कपाल देखेमा * धनलाभ हुनु ।११. कपास देखेमा * रोगबाट मुक्त हुनु ।१२. कपाल काटेको देखेमा * ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा * बुढो मान्छेबाट लाभ ।१४. कोईला देखेमा * व्यर्थमा झगडा हुनु ।१५. अनार खाएको देखेमा * धन र सन्तानको प्राप्ति ।१६. कुवाको पानी देखेमा * विविध लाभ र बिजय ।१७. कैची देखेमा * झगडा र विवाद बढ्नु ।१८. घर बनाएको देखेमा * प्रसिद्धि प्राप्त गर्नु ।१९. घाम लागेको देखेमा * पदोन्नति वा लाभ हुनु२०. घाँसको मैदान देखेमा * धेरै धन एकत्र गर्नु ।२१. घोडा देखेमा * संकट नाश हुनु ।२२. घोडा चढेको देखेमा * ठूलो पद पाउनु ।२३. चश्मा लगाएको देखेमा * विध्दता बढ्नु ।२४. जंगल देखेमा * दु:ख नाश र बिजय ।

२५. जहाज देखेमा * परिशानी हट्नु र व्यय ।२६. चाँदि देखेमा वा पाएमा * धन र अहंकार बृध्दि ।२७. झरना देखेमा * दु:ख दुर हुनु ।२८. टोपी देखेमा * दु:ख नाश भएर, उन्नति हुनु ।२९. ठूलो पर्खाल देखेमा * सम्मान बढ्नु ।३०. डोरी देखेमा * यात्रामा कठिनायी र झन्झट हुनु ।३१. ढोका देखेमा * ठूलाबडासँग मित्रता हुनु ।३२. ढोका बन्द देखेमा * परेशानी र चिन्ता हुनु ।३३. दलदल देखेमा * सन्तान प्राप्ति हुनु ।३४. दाँत भाँचिएको देखेमा * दु:ख र झन्झट हुनु ।३५. दाँत माझेको देखेमा * पापको प्रायश्चित हुनु ।३६. धनुष तानेको देखेमा * लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा * पदोन्नति वा प्रसिध्द हुनु ।३८. पत्र पढेको देखेमा * शुभ समाचार, परिश्रम ।३९. प्रकाश देखेमा * उच्चकोटीको साधु बन्ने ।४०. पानी पिएको देखेमा * राज्यबाट लाभ ।४१. फलाम देखेमा * कुनै धनवानद्वारा लाभ ।४२. बजार देखेमा * दरिद्रताको नाश हुनु ।४३. बलेको दियो देखेमा * आयु बृध्दि हुनु ।४४. बहर वा गाई देखेमा * मोटो लाभ, दुब्लो दु:ख ।४५. बादल देखेमा * विरक्ती र परिशानी बढ्नु ।४६. बिरालो देखेमा * चोरी हुनु, शत्रु बढ्नु ।४७. भर्याङ देखेमा * सुखसम्पत्ति बढ्नु ।४८. भूकम्प देखेमा * सन्तानलाई कष्ट र दु:ख ।४९. मरेको मान्छेसँग कुरा गरेमा * मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा * विपत्ति आउनु ।५१. मुर्दा देखेमा * रोगबाट मुक्ति पाउनु ।५२. रत्न या मणि देखेमा * दु:ख बढ्नु, अपव्यय हुनु ।५३. रातो फूल देखेमा * पुत्रबाट सुख र भाग्योदय ।५४. रोटी खाएको देखेमा * पदोन्नति र घन बढ्नु ।५५. लठ्ठी देखेमा * ठूलो नाम हुनु ।५६. वर्षा देखेमा * सुख र प्रशन्नता प्राप्त हुनु ।५७. सुकेको बगैचा देखेमा * विपत्तिमा फस्नु ।५८. सुख्खा अन्न खाएमा * कष्ट र व्यर्थ परिशानी हुनु ।५९. सुगन्ध लगाएको देखेमा * विद्वान र पण्डित हुनु ।६०. सुपारी खाएको देखेमा * रोगबाट मुक्ति पाउनु ।६१. सुराही देखेमा * आवारासँग संगत हुनु ।

६२. सेतो पूल देखेमा * दु:खबाट छुट्कारा पाउनु ।६३. सिंहासन देखेमा * धेरै सुख पाउनु ।६४. हरियो बगैचा देखेमा * पदोन्नति र लाभ हुनु ।६५. ओच्छयान लगाएको देखेमा * दीर्घायु र सुख वृध्दि ।