जब गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाए..

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् । मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसरसरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने बसेका छन् ।

गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने । हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ, हामी सबै समान हौँ ।’

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ ।

पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताउनुभयो । उहाँले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ धु्रवीकरण भएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भन्नुभयो । पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उहाँको भनाइ थियो । उहाँले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिनुभयो ।