७ पुस, काठमाडौं ।
चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्।
पछिल्लो समय लगातार बीएफ.७ सब भेरियन्टका कारण चीनमा तीव्र गतिमा संक्रमित थपिँदैछन्। विश्व स्वास्थ्य संगठनले यसप्रति चिन्ता व्यक्त गरेको छ।
विश्व स्वास्थ्य संगठनले नयाँ लहरका कारण चीनका अस्पताल बिरामीले भरिएको बताएको छ। डब्लुएचओका इमरजेन्सी चीफ डा माइकल रायनले अधिकारीहरुले बिरामीको संख्या बताए पनि इन्टेन्सिप केयर युनिट भरिरहेको बताए। चीनको तथ्यांकको कुरा गर्दा बुधबार कोरानाबाट कसैको पनि मृत्यु भएको छैन। तर महामारको प्रभाव भने बढिरहेको छ।
चीनमा कोरोना महामारी बढ्नुका साथै राजधानी बेइजिङ र अन्य शहरका अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको बीबीसीले बताएको छ।
यद्यपि सन् २०२० देखि नै चीनमा शून्य कोभिड नीति अनुसार कैयौं स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर यसो नीतिले अर्थव्यवस्थामा दुष्प्रभावलाई मध्यनजर गर्दै सरकारले दुई हप्ताअघि केही नियम परिवर्तन गरेको छ। त्यसपछि संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ।
मंगलबार पाँच र सोमबार दुई जनाको मृत्यु भएको छ। डब्लुएचओले चीनलाई कोरोनाको वास्तविक विवरण दिन निर्देशन दिएको छ। यो भेरियन्ट निकै संक्रामक मानिएको छ।
चीनपछि जापान–फ्रान्समा बढ्यो कोरोना संक्रमण
चीनमा कोरोनाका कारण अवस्था नाजुक बन्दै गएको छ । बिरामीको चापले अस्पतालमा शैयाको अभाव हुन थालेको छ । अहिले जापान, दक्षिण कोरिया र फ्रान्समा पनि कोरोनाको जोखिम बढ्दै गएको छ ।
Worldometers.info को तथ्यांक अनुसार यी देशमा बिरामीको संख्या १० लाख ६५ हजार, ४ लाख ६१ हजार र ३ लाख ५८ हजार रहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको विश्वव्यापी अन्त्य घोषणा गर्न अहिले नै हतार नभएको बताएको छ। यसको अर्थ कोरोना अझै पनि विश्वव्यापी रुपमा रहिरहनेछ। चीनमा लकडाउन खुकुलो भएपछि संक्रमणका घटना बढ्दै गएपछि डब्लुएचओले यस्तो बताएको हो ।
जर्मनीले बुधवार बर्लिनबाट बायोटेक कोभिड भ्याक्सिनको पहिलो ब्याच चीन पठाएको छ । यो खोप सबैभन्दा पहिले चीनमा बस्ने २०,००० जर्मन आप्रवासीहरूलाई दिइनेछ। एक सातामा विश्वमा ३४ लाख ८४ हजार कोरोना संक्रमित भेटिएका छन् । ९ हजार ९२८ जनाको मृत्यु भएको छ । भारतमा ७ दिनमा १ हजार ८१ जनामा संक्रमण देखिएको छ ।
डिसेम्बर १५ मा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोमले भने कि २०२३ मा कोरोना विश्वव्यापी स्वास्थ्य आपतकाल नहुने बताएका छन् । उनले चीनलाई कोरोना भाइरसको तथ्यांक शेयर गर्न पनि आग्रह गरे । डब्लुएचओले एक विज्ञप्तिमा भनिएको छ, ‘कोरोनालाई अझ राम्रोसँग बुझ्न र यसको उत्पत्तिसँग सम्बन्धित जानकारीका लागि चीनबाट डाटा माग गरिएको छ ।’ चीनको वुहानमा कोरोनाको पहिलो केस देखिएको थियो ।
चीनमा ७ दिनमा १५ हजार ५४८ संक्रमित र ७ जनाको मृत्यु भएको छ । तर, वास्तविक तथ्याङ्क लुकाइएको विज्ञहरूले आशंका गरेका छन् । बिरामीको संख्या धेरै गुणा बढी हुन सक्छ। फ्रान्समा कोरोना संक्रमित बढ्दै गएका छन् । डिसेम्बर १६ मा, यहाँ ५६,८४९ केशहरु रिपोर्ट गरिएको थियो। सरकारले जनतालाई मास्क लगाउन आग्रह गरिरहेको छ ।
अमेरिकामा पनि एकपटक फेरि कोभिडका केसहरू बढ्न थालेका छन्। बुधबार कुल संक्रमितको संख्या १० करोड नाघेको छ । ‘न्यूयोर्क टाइम्स’को विशेष रिपोर्टका अनुसार बाइडेन प्रशासनका लागि सबैभन्दा ठूलो चिन्ता वृद्धवृद्धाको खोप हो। प्रतिवेदनका अनुसार ६५ वर्ष वा सोभन्दा माथिका ९४ प्रतिशत ज्येष्ठ नागरिकले पहिलो दुई खोपको डोज लिएका छन् ।