उडिरहेको विमानमा अचानक झट्का, ३६ यात्री घाइते, ११ जनाको अवस्था गम्भीर

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

अमेरिकी आकाशमा उडिरहेको एउटा विमानमा झट्काका कारण ३६ यात्री घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हवाइयन एयरलाइन्सको विमान फिनिक्सबाट होनुलुलुतर्फ जाँदै गरेको अवस्थामा अचानक झट्का लागेको बताइएको छ । विमानमा २७८ यात्री र १० जना चालक दलका सदस्य सवार थिए ।

विमान अवतरण गर्नु केही अघि नराम्रो झट्का लागेको बताइएको छ । झट्काबाट घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । अस्पताल लगिएकाहरुमा १७ यात्री र तीन चालक दलका सदस्य छन् । समाचार एजेन्सीहरुका अनुसार विमानमा झट्का लागेकै समयमा सो क्षेत्रमा चट्याङ परेको थियो । सोही कारण विमानमा झट्का लागेको अनुमान गरिएको छ ।

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री याछिङ बर्खास्त
चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।