ताजा अपडेट : चितवन १ मा घण्टीको अग्रता फराकिलो हुँदै, यस्तो छ मत परिणाम !

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । २५१७३ मतगणना गर्दा उनले ८७०३ मतका साग अग्रता लिइरहेका छन् ।
उनलाई एमालेका सुरेन्द्र पाण्डेले ७३२९ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका विश्वनाथ पौडेल ६७८९ मतका साथ तेस्रो स्थानमा छन् ।

कास्की–१ एमालेको अग्रता
कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले पाँच सय ५६ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले दुई सय ८१ मत ल्याउनुभएको छ । उक्त क्षेत्रको प्रदेश (२) मा ११ हजार एक सय पाँच मत गन्दा दुई सय ८६ मत बदर भएको छ । यस क्षेत्रमा कूल ६८ हजार छ सय ३२ मत खसेकामा ११ हजार २० मतगणना गर्दा चार सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका बेदबहादुर गुरुङ पाँच हजार चार सय ३० मतसहित अघि हुनुहुन्छ भने नेपाली कांग्रेसका दीपक गुरुङले चार हजार सात सय १२ मतसहित उहाँलाई पछ्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले चार सय २८ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक सय ४३ मत प्राप्त गर्नुभएको छ ।

समानुपातिकतर्फ त्यस्तै १० हजार पाँच सय ७० मतगणना गर्दा तीन सय १७ मत बदर भएको छ । यसमा नेकपा एमालेले चार हजार चार सय २३ मत ल्याएको छ भने नेपाली कांग्रेसले तीन हजार चार सय ११ मत ल्याएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात सय १५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा एकीकृत समाजवादीले एक सय ३८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को प्रदेशसभा (२)मा नेकपा एमालेले चार हजार सात सय १५ मत, नेपाली कांग्रेसले तीन हजार छ सय ५२ मत, नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टीले सात सय ८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सय १८ मत, नेकपा एकीकृत समाजवादीले एक सय २५ मत, हाम्रो नेपाली पार्टीले एक सय ४२ मत प्राप्त गरेका छन् ।