कति पुग्यो मलेसियन रिङ्गेट ?

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६५ पैसा र बिक्रीमा १३१ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९४ रुपैयाँ ९९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २३ पैसा र बिक्रीमा १८ रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।

कात्तिक महिनामा बैंकको निक्षेप १६ अर्बले बढ्यो
निक्षेप संकलनका हिसाबले कात्तिक महिना बैंकहरुका लागि सुखद देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार यस महिना २६ वटा वाणिज्य बैंकहरुले १६ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

अघिल्लो महिना अर्थात् असोज मसान्तसम्म बैंकहरुले ६१ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गरेका थिए । यद्यपि, समीक्षा अवधिमा २६ वटा बैंकहरुले २ अर्बले मात्र कर्जा लगानी विस्तार गरेको संघको रिपोर्टले देखाएको छ । असोज मसान्तसम्म ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा २ अर्बले मात्र लगानी बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।