आज सोमबारका लागि मलेसियन रिङ्गेटको सटहिदर कति ?

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्ककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ, युरोपियन युरो एकको खरिदमा १३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा १३५ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ८६ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा र साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

१९ जीवन बिमा कम्पनीले उठाए ३६ अर्ब बिमा शुल्क, कुनको कति?
नेपालमा कारोबार गरिरहेका १९ जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। यसमध्ये पहिलो पटक बिमा गर्नेहरूले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेका हुन् भने २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क उठाएको बिमा प्राधिकरणले जानकारी दिएको छ।

असोज मासान्तसम्ममा जीवन बिमा कम्पनीमा एक करोड ३८ लाख ८३ हजार २५६ वटा बिमालेख सक्रिय छन्। प्रथम त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ।

सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)रहेको छ। एलआईसी भारतको ज्वाइन्ट भेन्चर रहेको यो कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ। नेशनल लाइफ इन्स्योरेन्स ४ अर्ब ३८ करोड ४ लाख, राष्ट्रिय बिमा संस्थान १ अर्ब ११ करोड ६७ लाख, मेट लाइफ इन्स्योरेन्स १ अर्ब ३१ करोड १ लाख, एसियन लाइफ १ अर्ब ७४ करोड ३४ लाख, सुर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १६ करोड १४ लाख, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४२ लाख, सन् नेपाल लाइफले १ अर्ब ८१ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।

८ कम्पनीले तीन महिने अवधिमा एक अर्ब बिमा शुल्क संकलन गर्न सकेनन्। गुँरास लाइफ इन्स्योरेन्स ७५ करोड ७ लाख, आइएमई लाइफ इन्स्योरेन्स ८७ करोड १४ लाख, ज्योति लाइफ इन्स्योरेन्स ९५ करोड १८ लाख, रिलायन्स लाइफ इन्स्योरेन्स ७८ करोड ८० लाख, रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८९ करोड ३१ लाख र सानिमा लाइफ इन्स्योरेन्स ५८ करोड २५ लाख र प्रभु लाइफ इन्स्योरेन्सले ५३ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। पछिल्लो समय जीवन बिमा कम्पनीका रुपमा कारोबार सुरु गर्न अनुमति पाएका युनियन लाइफ र सन् नेपाल लाइफले मात्र अर्ब शुल्क संकलन गरेका छन्। केही वर्षअघि मात्र तत्कालीन बिमा समितिले यी कम्पनीलाई कारोबार अनुमति दिएको थियो।

सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ। कम्पनीले पहिलो त्रैमासमा ४० करोड ५२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ।