ताजा अपडेट : काठमाडौं- ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता !

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर सातको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव चिन्हले १०८ पाएको छ भने नेकपा एमालेले ९३ मत पाएको छ। माओवादी केन्द्रले ७५ मत मात्रै पाएको छ। यहाँ गणना भएको मध्ये २० मत बदर भएको छ। अहिले मतगणना जारी छ।

रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै
रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ । यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मतगणनाबारे निर्णय गर्ने छ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।

धनुषा-३ मा एमालेको सुरुवाती अग्रता
धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेले सुरुवाती अग्रता गरेको हो । ७ सय मत गणना हुँदा एमालेका उम्मेदवारले २५७ मत ल्याएका छन् । यस्तै जनमत पार्टीका उम्मेदवारले २५७ र लोसपाका उम्मेदवारले १५५ मत प्राप्त गरेका छन् ।