कति पुग्यो मलेसियन रिंग्गेट देखि साउदी रियालसम्मको भाउ ? हेर्नुस् विनिमयदर !

रामेछाप खबर संवाददाता

३ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शनिबार आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा कायम भएको छ भने सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४३ पैसा रहेको छ ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

थप समाचार : एक भाग्यशालीले १ रुपैयाँमा प्लेन चढ्न पाउने
आम निर्वाचनको अवसर पारेर ‘आईएमई पे’ले एक रुपैयाँमा विमान चढ्न पाउने अफर सार्वजनिक गरेको छ । उक्त अफरमा सहभागी हुनका लागि आईएमई पे बाट हवाई टिकट काट्नुपर्नेछ । अफर अनुसार कातिक ३० देखि मंसिर ९ गतेसम्म हवाई टिकट काट्नेमध्ये हरेक दिन एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा टिकट प्राप्त गर्न सक्नुहुनेछ । आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको आईएमई पे ले जनाएको छ ।