रुघाखोकीले हैरान हुनुभएको छ ? तुरुन्तै प्रयोग गर्नुहोस यी घरेलु उपाय

रामेछाप खबर संवाददाता

काठमाडौं ।

जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।

बाफ : पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ । कागती चिया : कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ । सर्स्युँको तेल :एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी :पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।
नाक सेक्ने :एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ । तुलसीको पात : बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

मह : महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् । नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ ।

यो पनि…मुटुमा समस्या भएपनि सुन्निन्छ गोडा, यस्ता छन् अन्य कारण !
अकस्मात गोडा सुन्निने लक्षण गोडाको समस्याले नभएर अन्य गम्भीर रोगको कारण पनि हुन सक्छ । मुटुमा समस्या, मिर्गौलामा समस्या, थाइराइड ग्रन्थिमा गडबडीलगायतका कारणले गाडो सुन्निने लक्षण देखिन सक्छ । मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्दा गोडा सुन्निने लक्षण देखापर्छ । खुट्टा सुन्निएको अवस्थामा दम बढ्नु हर्टफेल भएको लक्षण हो । मिर्गौलामा समस्या भइरहेको छ भने पनि गोडा सुन्निने लक्षण देखिन्छ । दम–खोकीका रोगीको गोडा सुन्नियो भने पनि मुटुमा समस्या भएको बुझ्नु पर्छ ।