यस कारण लाग्छ दाँतमा खियाँ, यसरी पाउन सकिन्छ छुटकारा

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ। तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ।
दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन्। यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ। पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ। तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ।

पाइरिया हुनुमा क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ। पायरिया हुदाँ दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ। र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ। दुषित रक्त र अम्लियपनाका कारण पनि दाँत पायरियाबाट प्रभावित हुन्छ। यस अलावा पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थको सेवनका कारण पनि पायरिया हुने गर्दछ।

लक्षण
सासबाट दुर्गन्ध आउनु थाल्दछ। गिजा सुन्निन थाल्नु । दात कमजोर भई हल्लिनु । तातो वा चिसो खादाँ दाँत सिरिङ्ग हुनु । छुँदा मात्र पनि गिजा सुन्निनु।

बच्ने उपाय
पाइरिया वा दाँतको खराबीबाट बच्न खाना खाएपछि दैनिक दुई पटक ब्रस गर्न आवश्यक छ। ब्रस गर्दा दाँतको कुनाकाप्चाको राम्ररी सरसफाई गर्नु पर्दछ।
दाँत सफा गर्ने ब्रस नरम हुनु पर्दछ। राती सुत्नु अगावै अनिवार्य दातको राम्ररी सफाई गर्नु पर्दछ। हरेक पटकको खाजा वा खानापछि मुख राम्ररी कुला गर्नु पर्दछ।

दाँत दुखेर हैरान हुनुहुन्छ ? राहत पाउन अप्नाउनुहोस् यी ५ उपाय
आजकाल हामी सबैको समस्या बन्ने गरेको दाँतको दुखाईको समस्या। प्राय चिसो खानेकुरा, बजारका गुलिया खानेकुराले दाँतमा समस्या देखापर्छ । दाँत दुख्यो भन्दैमा हामी डाक्टरकोमा गएर महङ्गा अनि कडा औषधी खान्छौ जसका कारणले झन् स्वास्थ्य कमजोर बनाउँछ। जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ !

१) आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि गर्छ भने आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ। २) कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ। दुखेको भागमा कागती लगाउदा तुरुन्तै राहत मिल्छ।

३) लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ। ४) प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ। ५) ल्वांग – सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वाङले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वाङ वा ल्वाङको तेल लगाउन सकिन्छ।