आज मलेसियन रिंग्गेट देखि कतारी रियालसम्मको विनिमयदर कति होला ?

रामेछाप खबर संवाददाता

६ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा र चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा, युएई दिरहम एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३० रुपैयाँ २२ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

थप समाचार : सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंक सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बनेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आव २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।