साफ महिला च्याम्पियनशिप : बङ्ग्लादेशलाई उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

रामेछाप खबर संवाददाता

३ असोज, काठमाडौं ।

छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् । साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।

थप समाचार : जनप्रतिनिधिलाई कर्मचारी भारी : कर्मचारीको टिमले जित्यो फुटबलको उपाधि
बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूको टिमले हात पारेको छन् । संविधान दिवसको अवसरमा आयोजित कर्मचारी र जनप्रतिनिधिबीचको खेलमा जनप्रतिनिधिको टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेको हो ।

उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन् । कर्मचारीबाट विकास कोइराला र विक्रम थापाले गोल गरे भने जनप्रतिनिधिको टिमबाट विराट बिष्टले १ गोल प्रहार गरे । कर्मचारीको तर्फबट हेमाङक सुवेदीले दोश्रो चरणको खेलमा त्रुटि गरेपछि विराट विष्टले पेनाल्टीबाट १ गोल गरेका थिए । तर, जनप्रतिनिधिबट देवेन्द्र लामाले उत्कृष्ट प्रर्दशन गरे । कर्मचारीबाट रामहरि भुजेलले दिएको पासलाई विक्रम थापाले गोलमा परिणत गरे ।

दोश्रो चरणको अन्तिममा विकास कोइरालाले प्रहार गरेको बललाई गणेश आचार्यले रोकेर पनि हातबट फुत्काएपछि १ गोल गरेर कर्मचारीहरूले १ गोल थप गरे । संविधान दिवसको अवसरमा बर्दिबास नगरपालिका र बर्दिबास कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण खेलबाट जनप्रतिनिधि र कर्मचारीबिचको समबन्ध थप समधुर भएको यातायात कार्यालयका प्रमुख पोषण थापाले वताए । खेलमा नगरभरीका निर्वाचित जनप्रतिनिधि र नगरभित्र कार्यरत सरकारी कार्यालयका कर्मचारी सहभागी थिए ।