नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट, योग्यता कति ? (सूचनासहित)

रामेछाप खबर संवाददाता

३१ भदौ, काठमाडौं ।

नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।

सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ। काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।

थप समाचार : वैदेशिक रोजगारका कामदारलाई १० प्रतिशत आईपीओ
प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओ निष्कासन गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दा कम्तिमा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउने व्यवस्था गरिने घोषणा गरेका थिए । बजेट घोषणाको करीब ४ महिनापछि बजेट बक्तव्यको उक्त प्रस्ताव कार्यान्वयनमा आउने भएको हो ।

नेपाल धितोपत्र बोर्ड ९सेवोन०ले सोमबार धितोपत्र दर्ता तथा निष्कासन (छौटौं संशोधन) नियमावली, २०७९ जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई सुविधा दिने व्यवस्था गरेको हो । यो व्यवस्थाले कामदारको आर्जन पूँजी निर्माणमा आई उनीहरू स्वदेश फर्केपछि लाभ पाउने अपेक्षा गरिएको छ ।

आईपीओ भर्नका लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट धितोपत्र बोर्डबाट धितोपत्र खरिद र दरखास्त संकलन सम्बन्धी कार्य गर्न रेमिट्यान्स बचत खाता खोल्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ । हाल सामुहिक लगानी कोष म्युचुअल फण्डहरूले प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओमा पाँच प्रतिशत शेयर पाउने गरेका छन् ।