१ लाख १५ हजार म्यादी प्रहरी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

रामेछाप खबर संवाददाता

२८ भदौ, काठमाडौं ।

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त प्रहरी परिसर ९काठमाण्डौ, ललितपुर र भुक्तापुर० र सबै जिल्ला प्रहरी कार्यालयमा पेस गर्न सकिनेछन् ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ । दरखास्त पेस गरेका उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयमा असोज ७ गते सम्पर्क गर्नुपर्नेछ । प्रारम्भिक छनोट प्रक्रिया असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम नतिजा प्रकाश असोज २५ गते हुनेछ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ ।

वैदेशिक रोजगारको प्रक्रियाको क्रममा अधिकांश श्रमिक युवाहरू ठगिएको गुनासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर समक्ष टेलिफोन गर्ने अधिकांश श्रमिक युवाहरूले वैदेशिक रोजगारको प्रक्रियाको क्रममा ठगिएको गुनासो गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत ९ जनाको गुनासो सुनेका मन्त्री कुँवरसमक्ष अधिकांशले ठगीमा परेको गुनासो गरेका छन् ।

उनीहरूले भिजिट भिसामा युएई गएर ठगिएको, आकर्षक तलवमा रोमानिया पठाउने भनेर म्यानपावरले चर्को रकम लिएको, साउदी अरेबियामा भनेजस्तो काम नपाएर समस्यामा पर्दा म्यानपावर कम्पनीले समस्यामा ध्यान नदिएको, माग गरे जस्तो रकम नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासो राखेका थिए ।

मन्त्री कुँवरले ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने बताउँदै वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई समस्या समाधानका लागि अफ्ठ्यारो भइरहेको समेत बताएको मन्त्री कुँवरको निजी सचिवालयले जानकारी दिएको छ । मन्त्री कुँवरले श्रमिकका गुनासो प्रत्यक्ष सुन्न शुरूवात गरेको आइतबारसम्म तीन हप्ता भएको छ । मन्त्री कुँवरले श्रमिकसँग श्रममन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन गरिरहेका छन् ।