नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा, दिए सबैलाई धन्यवाद !

रामेछाप खबर संवाददाता

२६ भदौ, काठमाडौं ।

फाईल तस्विर।
अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद। एउटा टोली, जय नेपाल ।’ अखिल नेपाल फुटबल संघ–एन्फासँग दूरी बढेपछि उनी प्रशिक्षबाट टाढिएका थिए । र, उनको ठाउँमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

थप समाचार..आइसिसी लिग–२ मा पिएनजी र अमेरिकाको रोमाञ्चक बराबरी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा घरेलु टोली पपुवा न्यूगिनी (पिएनजी) र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ ।

आज सम्पन्न खेलमा २ सय ६ रनको लक्ष्य पछ्याएको पिएनजी ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन नै बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो । अन्तिम ओभरमा पिएनजीलाई जितका लागि तीन रन आवश्यक थियो । तर, उसले यो ओभरमा दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो । पिएसजीका लागि सेसे बाउले ७० रनको उत्कृष्ट पारी खेले । ९६ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

कप्तान असाद भालाले ४०, लिगा सियाका र नोर्मन भानुआले १७/१७, चाड सोपेरले १६ तथा चाल्र्स अमिनीले १३ रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रावल्कर, नस्तुष केन्जिगे र स्टेभन टेलरले २–१ तथा जेसी सिंह, क्यामरोन स्टेभनसन, निशर्ग पटेल र जसकरण मल्होत्राले एक/एक विकेट लिए ।

त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४७ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनायो । उसका लागि उसका लागि गजानन्द सिंह र जसकरण मल्होत्राले अर्धशतकीय पारी खेले । सर्वाधिक ५८ रनको योगदान दिएका सिंहले ९० बलमा ५ चौका र १ छक्का प्रहार गरे । मल्होत्राले ४४ बलमा आठ चौका र एक छक्कासहित ५३ रन बनाए । निशर्ग पटेलले २४, जेसी सिंहले १७, नस्तुष केन्जिगेले १५ तथा कप्तान मोनांक पटेलले १२ रन जोडे । पिएनजीका लागि सेमो कामियाले तीन, दामिया राभु र चाड सोपेरले दुई/दुई तथा सेसे बाउ, नोर्मन भानुआ र चाल्र्स अमिनीले एक/एक विकेट लिए ।

यो नतिजासँगै २९ खेलमा २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहँदा २१ खेलमा ३ अंकका साथ पिएनजी पुछारमा छ । नामिबियासमेत सम्मिलित सिरिजको दोस्रो खेलमा पनि मंलबार पिएनजी र अमेरिकाले नै प्रतिस्पार्धा गर्नेछन् । त्यस्तै, विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म २० म्याच खेलेको छ । जसमा नेपालले आठमा जित र ११ खेलमा हार बेहोरेको छ । एक खेल बराबरी खेलेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।