६ भदौ, काठमाडौं ।
प्रदीप खड्का अभिनित प्रेम गीत ३ को हिन्दी गीतको अडियो सार्वजनिक भएको छ। जी म्युजिक कम्पनीले फिल्मको चार वटा गीतको अडियो सार्वजनिक गरेको हो।
कोइ ना कोहइ नाता है बोलको गीतलाई जुबिन नटियालले गाएका छन् भने जहाँ भी जाओ बोलको गीतमा राहत फतेअलि खानको स्वर रहेको छ।
त्यस्तै तुम प्यार हो बोलको गीतमा पलक मुछाल र अंकित तिवारीले गाएका छन् भने मुझ मे बस जाना बोलको गीतमा पलक र देव नेगीको स्वर रहेको छ।
यी गीतहरुलाई पवनदीप राजन, देव राज, असलम केयी र कल्यान सिंहले कम्पोज गरेका हुन्। नेपालको फिल्म इतिहासमा पहिलोपटक प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ।
यो पनि…जुनियर एनटीआरलाई किन मानिसहरू तेलंगानाको भावी मुख्यमन्त्री भनिरहेका छन्?
आइतवार भारतका गृहमन्त्री अमित शाह र तेलुगु सुपरस्टार जुनियर एनटीआरबिच भेटघाट भयो। त्यसपछि सामाजिक सञ्जालमा उनीहरूको भेटबारे निकै चर्चा भइरहेको छ। ट्विटरमा ह्यसट्याग अमित शाह विथ एनटीआरआर ट्रेन्ड नै चलिरहेको छ। अमित शाहले जुनियर एनटीआरसँग भेटेका केही तस्बिरहरू ट्विटरमा सेयर गरेका थिए। उनले फोटो सेयर गर्दै लेखेका छन्, ‘तेलुगु सिनेमाका रत्न र अत्यन्त प्रतिभाशाली अभिनेता जुनियरसँग हैदराबादमा रमाइलो भेट भयो।’
जुनियर एनटीआरले पनि अमित शाहको ट्विट सेयर गर्दै भेटेर निकै खुसी लागेको र आफूहरुबिच रमाइलो कुराकानी भएको ट्विटरमा उल्लेख गरेका छन्। जुनियर एनटीआरसँग अमित शाहको भेटलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका छन्। जसमध्ये एउटा कारण उनको फिल्म आरआरआरसँग सम्बन्धित छ। आरआरआरमा एनटीआरले आदिवासी नेता भीमको भूमिका निर्वाह गरेका छन्। भाजपाको अनुसूचित जनजाति मोर्चाले पनि यो तथ्यलाई टार्गेट गर्दै ट्विट गरेको छ।
भारतीय जनता पार्टी (बीजेपी)को एसटी मोर्चाले उनीहरूको भेटको फोटो राख्दै लेखेको छ, ‘केन्द्रीय गृहमन्त्री अमित शाहले सुपरस्टार जुनियर एनटीआरलाई भेटे। जसले आफ्नो पछिल्लो रिलिज फिल्म आरआरआरमा महान आदिवासी नेता कोमराम भीमको भूमिका निभाएका थिए।’ साथै, यस भेटघाटलाई राजनीतिक पक्षबाट समेत हेर्न थालिएको छ। बीजेपाको लोकप्रियता उत्तर भारतमा निकै छ। र, भाजपाले अहिले दक्षिण भारतमा पनि उस्तै लोकप्रियता हासिल गर्ने प्रयास गरिरहेको छ। यस क्रममा, बीजेपीको सम्पूर्ण ध्यान अहिले अप्रेसन तेलंगामा रहेको बीबीसी हिन्दीमा उल्लेख छ।
तेलंगाना राज्यमा सन् २०२३ मा विधानसभा चुनाव हुँदैछ। यस्तो अवस्थामा अमित शाहको जुनियर एनटीआरसँगको भेटलाई लिएर पनि जनताले राजनीतिक अनुमान लगाएका छन। ट्विटर प्रयोगकर्ताले त जुनियर एनटीआरलाई तेलंगानाको भावी मुख्यमन्त्री बन्ने समेत लेखेका छन्। डाक्टर उज्ज्वल कुमारले ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय गृहमन्त्री अमित शाहले तेलंगानाबाट बीजेपीका सीएम उम्मेदवारलाई भेटेका छन्।’ कतिपयले भने अमित शाहले आफ्नो प्रसिद्धि कमाउनको लागि जुनियर एनटीआरसँग भेटेको टिप्पणी गरेका छन्।
यस्तो छ जुनियर एनटीआरको राजनीतिक पृष्ठभूमि
जुनियर एनटीआर तेलुगु देशम पार्टी (टीडीपी)का संस्थापक नन्दामुरी तरका रामा रावका नाति हुन्। सन् २००९ को आम चुनावमा टीडीपीका लागि प्रचार गरेका जुनियर एनटीआर हाल राजनीतिबाट टाढा छन्। सन् २००९ यता उनी कुनै पनि राजनीतिक कार्यक्रममा देखिएका छैनन्। न त उनी कुनै बैठकमा देखिएका छन्, न त कुनै नेतासँग नै। यद्यपि, उनका बुवा नन्दामुरी हरिकृष्ण टीडीपीबाट २००८ देखि २०१३ सम्म सांसद बनेका थिए। त्यसैगरी, उनका काका पनि आन्ध प्रदेशबाट लोकसभा सांसद हुन्।