पाकिस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

रामेछाप खबर संवाददाता

३० साउन, बालुचिस्तान ।

पाकिस्तानको बालुचिस्तानमा बर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ ।मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

बर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।
बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाई छ ।

बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी अन्य ठाउँमा अरु २०० घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

भिषण वर्षामा परी सुडानमा ५२ जनाको मृत्यु
सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ । यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

यहाँको रक्षा मन्त्रालयले दिएको जनकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । यहाँको दुइृ सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।

सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ ।