लम्पी भाइरसले लियो १७ हजार गाईको ज्यान, घट्यो दूध

रामेछाप खबर संवाददाता

२८ साउन, काठमाडौं ।

भारतमा पछिल्लो एक महिनामा लम्पी नामक छालाको रोगका कारण १७ हजार भन्दा बढी घरपालुवा जनावरको ज्यान गएको छ । जसमा अधिकांश गाई हुन् । यो खतरनाक भाइरसले गुजरात, राजस्थान र पंजाबसमेत गरी देशका ८ राज्यमा गाईको ज्यान लिएको हो । लम्पी भाइरसका कारण गुजरातमा मात्रै दैनिक एक लाख लिटर दूध उत्पादन घटेको बताइएको छ ।

लम्पी गाईबस्तुमा क्याप्रिपक्स नामक भाइरसबाट फैलने रोग हो । यो निकै तीव्र गतिमा एक पशुबाट अर्को पशुमा फैलने गर्दछ । यो बाख्रामा हुने गोट पक्स र भेँडाहरुमा हुने शीप पक्स जस्तै भाइरस इन्फेक्सन हो । क्याप्रिपक्स बिफर र मङ्कीपक्स जस्तै रोग हो । लम्पीलाई गाइबस्तुका लागि खतरनाक रोग मानिन्छ । यो रोगबाट भैंसी, घोडा, उँट, जिराफ, हिरण लगायतका जनावर पनि बिरामी पर्छन् । तर सबैभन्दा बढी आक्रमण भने गाईलाई गर्ने गर्छ ।

यूएन फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशन एफएओका अनुसार लम्पी लामखुट्टे, झिँगाजस्ता जीवबाट फैलने एक बिफर जस्तै रोग हो । यो वर्षायाममा झन् तीव्र गतिमा फैलिन्छ । लम्पी स्किन डिजिज सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा पहिलोपटक देखिएको थियो । यो रोगले गाईबस्तुको शरीरमा संक्रमणपछि असर देखिन ४–७ दिन लाग्छ । यो संक्रमण भएपछि भाइरस फैलने दर ४५ प्रतिशत हुन्छ भने अहिलेसम्म मृत्यु दर ५–१० प्रतिशत मात्रै छ ।

यो संक्रमण मानिसमा भने नफैलने जनाइएको छ । तर संक्रमित पशुको दूध खाँदा भने विचार पुर्र्याउनु पर्ने हुन्छ । सय डिग्री सेन्टिग्रेडसम्म तताएरमात्र भाइरस नष्ट हुने गर्दछ । नत्र खतरा हुने सम्भावना बढी हुन्छ । अहिलेसम्म यसको कुनै एन्टिभाइरल औषधि आइसकेको छैन । यो रोग लागेमा गाईभैंसीलाई कम्तीमा २८ दिन आइसोलेसनमा राख्नु उपयुत्तः हुने बताइएको छ । हाम्रा कुरा