९३ नेपालीलाइ ६० दिनभित्र साउदी छाड्न रियादस्थित नेपाली दूतावासको निर्देशन

रामेछाप खबर संवाददाता

२७ साउन, काठमाडौं ।

खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो ।

जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तय गरिदिएको हो । एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।

यो पनि…युवा शैक्षिक बेराेजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो । सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘देशमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने आवश्यक छ ।

युवालाई जीवनाेपयोगी सीप र सिकाइबाट स्वदेशमा नै सहज रूपमा जीवीकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको छ । त्यसका लागि अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कामलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’ प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको पनि बताउनुभयो ।