१५ वर्षपछि घर फर्किंदै गरेकी आमाको उडिरहेको विमानमा छोराछोरीकै अगाडि मृत्यु !

रामेछाप खबर संवाददाता

एजेन्सी।

हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।

तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ ।

‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ । उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।

यो पनि…दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या एघार पुग्यो
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ ।

दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ । राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रिर्कड गरेको राष्ट्रपति युन सुक–योलले बताउनुभएको छ ।यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभरफ्लो मेट्रो स्टेशनबाट हिंडिरहेको देखाएको छ ।

बाढीका कारण मृत्यु भएका ११ जनामा छ जना सोल, तीन जना ग्योन्गी र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ । बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ । पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।