बढ्यो मलेसियन रिङ्गेट,अन्य मुद्राको दर कति ?

रामेछाप खबर संवाददाता

२४ साउन, काठमाडौं ।

अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा थियो।

आज युरोको रेट पनि बढेको छ । हिजो १२९ रुपैयाँ ४० पैसा रहेको युरो एकको खरिद दर आज १२९ रुपैयाँ ५९ पैसा रहेको छ। आज बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

धौलागिरी लघुवित्तको आईपीओ निष्कासन
धौलागिरी लघुवित्त वित्तीय संस्थाले आज (मंगलवार) देखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।