नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकालाई सच्याउन दिइने { विज्ञप्ति सहित }

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताए ।

पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिए ।
विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

यो पनि…प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उहाँले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताउनुभयो । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराउनुभएको थियो ।

पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उहाँले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राख्नुभयो । पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताउनुभयो ।