मलेसियाले नेपालीसहित विदेशी कामदारको भर्ना प्रक्रिया स्थगित गर्ने, कहिलेसम्म ?

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

मलेसियाले आगामी अगष्ट १५ देखि ३१ तारिख अर्थात साउन ३० गतेदेखि भदौ १५ गतेसम्म नेपालीसहित विदेशी कामदारको भर्ना प्रक्रिया स्थगन गर्ने बताएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मलेसियाको श्रम कानूनमा गरिएको संशोधन कार्यान्वयन गर्न उक्त अवधिका लागि विदेशी श्रमिकका लागि आवेदन नलिने बताएको छ । मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाका अनुसार अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु अगष्ट महिनाको ३१ तारेखभित्रमा एप्रुभल प्रक्रिया सक्ने र सेप्टेम्बर पहिलो तारेखदेखि नयाँ कानून अनुसारको विदेशी कामदार प्रक्रिया शुरूवात गरिने छ ।

मलेसियाले सेप्टेम्बर पहिलो तारेखदेखि गत अप्रिलमा संशोधन गरिएको रोजगार कानून २०२२ लागू हुने र त्यसले विदेशी कामदार भर्ना गर्दा नयाँ प्रक्रिया अवलम्बन गर्ने समाचारमा उल्लेख छ ।

यो पनि…रोमानियामा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति ?
रोमानियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको एक कम्पनीले १०० जना पुरुष र २० जना महिला गरी जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथिदेखि ८२ हजार बढि पाउनेछ । इच्छुक कामदारले डाईनामिक स्टाफिङ्ग शोलुशन नेपाल प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा साउन २७ र २८ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । आजको अर्थ