मलेशियामा १५ वर्षदेखि रोजगारी गर्दै आएका एक नेपालीको मृत्यु !

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ। मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।

यो पनि…हवाई भाडा बढेका कारण मलेसियामा कामदारको कोटा घट्ने र रोजगारीमा संकटको खतरा नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारको जहाज भाडा महँगो भएपछि मलेसियास्थित रोजगारदाता कम्पनीहरु चिढिन थालेका छन् । नेपाल सरकार तथा मलेसिया सरकारबीच भएको सम्झौता अनुरूप इम्प्लोइमेन्ट पे मोडल र स्वच्छ एवम् न्यायिक प्रक्रियाबाट पारदर्शिताको आधारमा जाने कामदारका लागि रोजगारदाताहरूले जहाज टिकट कम्पनीले नेपालबाट कामदार लैजाँदा एम्बेसी स्ट्याम्पिङ शुल्क, मेडिकल शुल्क, टिकट र नेपाली एजेन्सीको शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

मलेसियाले नेपालीसहित भियतनाम, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, बांग्लादेश, पाकिस्तान, भारतलगायतका १४ देशबाट कामदार लैजाने गरेकोे छ । तर कामदार लैजाने श्रोत मुलुकमध्ये नेपालबाट जाने कामदारको हवाई जहाज भाडा सबैभन्दा महँगो हुँदै गएको गुनासो बढेको छ ।

हाल नियमित उडान भनेपनि भाडा दर चार्टर उडान जस्तै महँगो भएपछि रोजगारदाताहरू चिढिएका हुन् । मलेसियाबाट नेपाल आउन एकतर्फी ६ सय ५० रिँगेट करिब १८ हजार ५ सय रुपैयाँ भएपनि नेपालबाट मलेसिया जान त्यसको करिब तीन गुणा ५६ देखि ५८ हजार रूपैयाँसम्म भाडा लाग्ने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

महँगीको पहिलो मारमा नेपाली व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदार परेका छन् । नेपालमा सेप्टेम्बरपछि मात्र पर्यटन आवागमनको व्यस्त ‘पीक’ सिजन शुरू हुने गरेकोे छ । त्यसअघि नै बढेको हवाई भाडाले नेपालमा आउने कामदारको कोटा घट्ने र मलेसियाको रोजगारीमा संकट निम्त्याउन सक्ने कतिपयको भनाइ छ ।