कति पुग्यो मलेसियन रिंगिट ?

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.०८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.४१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँ रहेको छ ।

विकास बैंकहरुले औसतमा १५ प्रतिशतले बढाए नाफा
गत आर्थिक वर्षमा विकास बैंकहरुले औसतमा १५ प्रतिशतले नाफा बढाएका छन् । विकास बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार १० बैंकको नाफा बढेको छ । समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा साना वाणिज्य बैंकहरुको हाराहारी हो ।

सेञ्चुरी कमर्शियल बैंकले गत वर्ष १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ भने सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंक खुद नाफामा यी बैंकहरुसँग प्रतिस्पर्धी देखिएको छ । यस्तै, गरिमा विकास बैंकले पनि १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकले नाफा २८ प्रतिशतले बढाएको हो ।

यी बाहेकका विकास बैंकले भने १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन् । महालक्ष्मी विकास बैंकले ९५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ भने ज्योति विकास बैंकले ७० करोड, लुम्बिनी विकास बैंकले ६७ करोड, साइन रेशुङ्गा बैंकले ६४ करोड र कामना सेवा विकास बैंकले ६३ करोड रुपैयाँ नाफा कमाएका छन् ।