लामखुट्टेले टोकेर हैरान बनायो ? यस्ता छन भगाउने घरेलु उपायहरु, जान्नुहोस

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गर्मि लागे संगै लामखुट्टेको पनि बिगबिगी बढ्न थाल्छ । लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ । लामखुट्टेबाट छुटकारा पाउन धेरै किसिमका धूप र‘लिक्विडहरूको प्रयोग गर्ने गरिन्छ । तर यिनमा धेरै केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्दछ । यी घरेलु उपाएद्वारा लामखुट्टे सजिलै भगाउनुहोस् ।

कपुर र पानी
कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

कागती र ल्वाङ
कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

नीमको तेलमा
नीमलाई प्राकृतिक औषधिका रूपमा लिइन्छ र यसमा एन्टीब्याक्टेरियल गुणहरू पाइन्छ । अध्ययन अनुसार नीमको तेलमा अन्य केमिकलयुक्त धूपमा भन्दा दश गुणा बढी लामखुट्टे मार्नसक्ने शक्ति हुन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको असर हुँदैन । नीमको पेस्ट छालामा दल्दा लामखुट्टे शरीरको वरिपरि आउँदैनन्।

तुलसी, पानी र भोड्काको आयुवेर्दिक स्प्रे
लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ रु यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।