मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा १० जना पक्राउ

रामेछाप खबर संवाददाता

२१ साउन, काठमाडौं ।

मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा दश जनालाई पक्राउ गरेको छ । शुरूमा घुस लिएको अभियोगमा पक्राउ परेका ८ जनाका बारेमा सोधपुछका लागि अनुसन्धानको घेरामा परेका थप २ जना पनि पक्राउ परेका हुन् ।

एमएसीसीले आईटी कम्पनीको लागि आवश्यक विदेशी कामदारको भिसा प्रक्रियामा एक मिलियन मलेसियन रिँगेट भन्दा बढी घुस लिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । एमएसीसीले कुन देशबाट लैजान लागिएका कामदारको लागि उक्त घुस रकम प्रयोग भएकोे हो भन्ने खुलाएको छैन । पक्राउ परेका दश जनामा एक आईटी कम्पनीका सीईओ पनि रहेका छन् ।

क्यानडा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने एक महिला पक्राउ
वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी प्रलोभन दिई ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ४७ वर्षीया छरिङ डोमा शेर्पालाई पक्राउ गरिएको जनाएको छ ।

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र उतै स्थायी बसोबास ‘सेटल’को व्यवस्थापन गरिदिने भन्दै पीडितलाई १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि जाहेरीका आधारमा उनलाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ ।

जोर्डनले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?
जोर्डनले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जार्का सहरमा रहेको एक कम्पनीले १५० पुरुष र १५० महिला गरी जम्मा १३० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३९ हजार बढि पाउनेछ । इच्छुक कामदारले एस. सि. सि. मेनपावर प्रालिको कार्यालय कपन मार्ग काठमाडौंमा साउन २७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च कम्पनीले बेहोर्ने छ । यस्तै स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । आजको अर्थ