गायिका मेलिना राईले तोडिन् इंगेजमेन्ट, कारण यस्तो छ !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबीच वैचारिक मतभेद देखियो भन्दै इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् ।

उनले धेरै समीक्षा तथा आत्मासमीक्षापछि इन्गेज्मेन्ट तोड्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् । सबै इन्गेज्मेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी अवस्था नरहेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेको स्ताट्स जस्ताको त्यस्तै:-

केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो ।

हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै इन्गेज्मेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ ।

त्यसैले आजकै मितिबाट हामी बीचको इन्गेज्मेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मिहिनेत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

त्यसैगरि कुनै समय मेलिनाले आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुईवटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । भन्छिन्, ‘आफ्नो खर्च आफैं पुर्‍याउन नृत्य सिकाउँथे । यो रहरभन्दा बाध्यताजस्तै थियो ।’

मामाले ५५ सयमा किनिदिएको साइकल चढेर स्कुलमा पुग्थिन् । मेलिना भन्छिन्, ‘त्यो समय गाडीभाडाको १० रुपैयाँ बचाउनका लागि पनि म साइकलमा नै हिँड्ने गर्थें ।’ अहिले भने मेलिना राईको परिवारले नयाँ घर बनाएको छ । काठमाडौंको गोकर्णमा उनीहरुले नयाँ घर बनाएका छन् । त्यहाँ ठूलो रकम भने मेलिनाको कमाइ परेको छ । मेलिना भन्छिन्, ‘हामी सबै मिलेर नै घर बनाएका हौं ।