आज शुक्रबारको लागि मलेसियन रिंगिटको सटहिदर कति ? हेर्नुहोस

रामेछाप खबर संवाददाता

२० साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१३ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४१५ रुपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ६ पैसा तोकिएको छ।

यो पनि…नबिल बैंकको नाफा ४.९७ अर्ब, प्रतिशेयर आम्दानी रु.२६.८० हुदाँ कति पुग्यो लाभांश क्षमता ?
नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण आुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यो हिसाबले बैंकले ४० प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता बनाएको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १३.९८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ६ अर्ब २२ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ७ अर्ब ९ करोड रुपैयाँ भएको छ।

चौथो त्रैमाससम्म बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८ अर्ब ७ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेको छ। बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो।
बैंकको निष्क्रिय कर्जा बढेर १.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८४ प्रतिशत थियो। सीडी रेसियो ८९.७९ प्रतिशत रहेको बैंकको आधार दर ८.७७ प्रतिशत रहेको छ। बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी ३३.५७ रुपैयाँबाट घटेर २६.८० रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात ३२.८० गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३०.३७ रुपैयाँ रहेको छ।