ह्वात्तै बढ्यो सुनको भाउ, आज एक तोलाको कति पर्छ ?

रामेछाप खबर संवाददाता

१९ साउन, काठमाडौं ।

स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । गत कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने स्थिर रहेको छ । गत कारोबार दिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि…खुलामुखी शुभलक्ष्मी कोष इकाइको सार्वजनिक निष्कासन आजबाट
कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गतका खुलामुखी शुभलक्ष्मी कोष इकाइ बिक्री खुला भएको छ । शुभलक्ष्मी कोष नामक सामूहिक लगानी योजनाको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ५० करोड रुपैयाँ बराबरको कोषको निष्कासन बिक्री बिहिबारबाट खुलेको हो ।

म्युचुअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँका दरले पाँच करोड इकाइ निष्कासन हुनेछ । जसमध्ये कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत बिज पुँजीवापत इकाइ कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकी ४ करोड २५ लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड ७५ लाख इकाइ सार्वजनिक निष्कासन गर्न लागिएको जनाएको छ ।

यो सार्वजनिक निष्कासनमा छिटोमा २३ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २ भदौसम्म हुनेछ । लगानीकर्ताले न्युनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै निश्चित अवधि हुँदैन । साथै यो नेप्सेमा सूचीकृत पनि हुँदैन । तर, योजना व्यवस्थापकलाई आफूले चाहेको जुनसुकै बेलामा इकाइ बिक्री गर्न सकिन्छ ।

यसअघि चार वटा यस्ता योजना बजारमा आइसकेका छन् । सिद्धार्थ क्यापिटल, एनआईबीएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।