कति पुग्यो मलेसियन रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

रामेछाप खबर संवाददाता

१८ साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६० पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ २१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ २१ पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४०९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ४११ रुपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३४ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यो पनि…सिद्धार्थ बैंकको खुद नाफा बढेर ३ अर्ब २१ करोड पुग्दा इपीएस कति ?
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १२.७८% ले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २७.७३% ले बढेर ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३.१६% ले बढेर ४ अर्ब ७१ करोड ५० लाख ४२ हजार रूपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी १४.२५% ले बढेको छ भने जगेडा कोष २.०१% ले बढेको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ७८ करोड ४२ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।