साउदी अरबमा मस्तिष्क घात भई उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो

रामेछाप खबर संवाददाता

१५ साउन, काठमाडौं ।

साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। गत फेब्रुअरीमा ड्यूटी सकाएर कोठामा फर्किँदै गर्दै अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ का अरूणकुमार रायलाई उद्धार गरी नेपाल एयरलाइन्समार्फत नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रियादको ओबेद केयर अस्पतालमा करिब तीन महिनासम्म आइसियुमा राखेर उपचार गरेपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई जनरल वार्डमा सारिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकले बिरामीलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई यथाशीघ्र नेपाल पठाउने प्रक्रिया प्रारम्भ गरेको दूतावासले जनाएको छ ।

उनको उपचारमा खर्च भएको झन्डै ७ लाख साउदी रियाल मध्ये स्वास्थ्य बिमाले ५ लाख रियाल मात्रै कभर गरेको र बाँकी झन्डै २ लाख साउदी रियाल कम्पनीले तिरिदिएपछि नेपाल फर्काउन सहज भएको थियो।

उनलाई नेपाल पठाउन दूतावासले त्यहाँको अस्पताल र कम्पनीसँग निरन्तर समन्वय गरेको थियो। साथै, नेपाल तर्फ बिरामीको परिवार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक समन्वय गरेर उनीलाई नेपाल फर्काउन सफल भएको दूतावासले जनाएको छ।

यो पनि…साउदी अरबमा मृत्यु भएका १८० जना नेपालीको शव नेपाल आइपुग्यो
वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८र७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण ९ह्दयघाट समेत० र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् । यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।