वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको क्लिन स्वीप

रामेछाप खबर संवाददाता

१२ साउन, काठमाडौं ।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ। बुधबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा वेस्ट इन्डिजलाई डक अफ वर्थ लेभिस नियमअनुसार ११९ रनले पराजित गर्दै एकदिवसीय शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो। बुधबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो। सो क्रममा वर्षाले खेल रोकिएपछि वेस्ट इन्डिजले ३५ ओभरको लागि २५७ रनको लक्ष्य पाएको थियो।

भारतका लागि शभमन गिलले अविजित ९८ रनको पाली खेलेका थिए। त्यस्तै शखर धावनले ५८ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज २६ ओभरमा १३७ रनमा समेटियो। भारतका यजुवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए।

टी–२० ब्याटिङ वरीयतामा नेपालका तीन खेलाडी यथावत्
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले ब’धबार सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका तीन खेलाडीको स्थान यथावत् रहेको छ । वरीयताअन’सार ओपनर क’शल भ’र्तेल ३९औँ स्थानमा छन् । उनले पाँच सय तीन रेटिङ अंक पाएका छन् । क’शलभन्दा एक स्थान माथि दक्षिण अफ्रिकाका डेभिड मिलर छन् । ४०औँ स्थानमा अस्ट्रेलियाका विश्वप्रसिद्ध ब्याट्सम्यान डेभिड वार्नर छन् ।

यसैगरी ब्याटिङतर्फ नेपालका मध्यक्रम ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४१औँ स्थानमा छन् । उनले चार सय ९८ रेटिङ प्राप्त गरे । नेपालका आसिफ सेख ९५औँ स्थानमा छन् । उनले तीन सय ७४ रेटिङ हात पारेका छन् । सेखभन्दा एक स्थानमाथि भारतका हार्दिक पाण्डेया छन् । टी–२० ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय १८ रेटिङ अंक पाएका छन् । दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् ।

एकदिवसीयमा नेपाल १९औँ स्थानमा
आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा छ । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा ओमान र अमेरिका भ्रमणमा खराब प्रदर्शन गरेका कारण नेपालले वरीयतामा स’धार गर्न नसकेको हो । नेपालले २२ खेलमा तीन सय ३१ अंक जोडेको छ । एकदिवसीयतर्फ न्य’जिल्यान्ड शीर्ष स्थानमा छ । विश्व च्याम्पियन इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।
यसैगरी टी–२० टोली वरीयतामा नेपाल १३औँ स्थानमा छ । नेपालभन्दा एक स्थानमाथि टेस्ट मान्यता प्राप्त टोली जिम्बावे रहेको छ । नेपालभन्दा एक स्थान तल नामिबिया छ । नेपालले १३औँ स्थान रक्षा गर्दा चार हजार ६ सय २४ अंक बट’ल्यो ।

कप्तान सन्दीप ३९औँ स्थानमा
बलिङतर्फको वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ३९औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । सन्दीपले चार सय ९० रेटिङ बट’लेका छन् । फास्ट बलर अविनाश बोहरा तीन सय ९३ रेटिङ अंकका साथ ८९औँ स्थानमा छन् । बलिङतर्फको वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा छन् । उनले सर्वाधिक सात सय ९२ अंक बट’ले । इंग्ल्यान्डका आदिल रसिद दोस्रो स्थानमा छन् ।

टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी नवौँ स्थानमै यथावत् रहे । उनले एक सय ५२ रेटिङ अंक हात पारे । अलराउन्डरको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी छन् । नाबीले सर्वाधिक द’ई सय ६७ रेटिङ अंक हात पारे । आइसिसीले एकदिवसीय ब्याटिङतर्फको वरीयता सार्वजनिक गर्दा नेपालका य’वा ब्याट्सम्यान रोहितक’मार पौडेल ८१औँ स्थानमा यथावत् रहे । उनले चार सय ६१ रेटिङ अंक प्राप्त गरेका छन् । ब्याटिङतर्फ नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ सेखले द’ई स्थान स’धार गरेका छन् । सेख ९८औँ स्थानमा छन् । यसअघिको वरीयतामा उनी १००औँ स्थानमा थिए । यसपटक सेखले चार सय २१ रेटिङ हात पारे ।