चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

रामेछाप खबर संवाददाता

९ साउन, काठमाडौं ।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको प्रतिस्पर्धामा थिए ।

यो पनि..छक्कापञ्जा ४ को छायांकन सुरु
नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ । सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीसँगको कुराकानीमा कलाकार गिरीले फिल्ममा सहरको कथावस्तु रहेको बताए ।

त्यस्तै, कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए । आजभन्दा दुई महिनाअघि नै सुरु गर्नुपर्ने भए पनि कथावस्तु सक्न गाह्रो भएको उनको भनाइ छ । त्यस्तै, कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभई समय–समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए ।

गिरीले पनि जितुसँग आफ्नो कुनै दुस्मनी नरहेको र एक–अर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।
फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौलालगायतको अभिनय रहनेछ ।