मलेसियामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

८ साउन, काठमाडौं ।

मलेसियाका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ।

यो पनि..रुस–युक्रेन युद्ध भएको १५० औँ दिन पुरा, दुवैले आक्रमणलाई तीब्रता दिए
रुस र युक्रेनबीचको युद्धको १५० दिन पूरा भएको छ । यसैबीच, रुसी सेनाले शनिबार मध्य युक्रेनको एक एयरफिल्डमा मिसाइल प्रहार गर्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ । युक्रेनी सेनाले रुसी नियन्त्रित दक्षिणी क्षेत्रमा नदी पार गरी रकेट आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनमा रुसको आक्रमणको १५० औं दिनमा महत्वपूर्ण दिन रुसले केही पूर्वाधार भएको क्षेत्रमा लगातार आक्रमण गरेको हो । १३ रूसी मिसाइलहरू मध्य युक्रेनको किरोभोहराड्स्का क्षेत्रमा एयरफिल्ड र रेलवे स्थापनामा प्रहार गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । गभर्नर एड्रिया रेलकोविचले आक्रमणमा कम्तिमा एक कर्मचारी र दुई गार्डको मृत्यु भएको बताएका छन्। क्षेत्रीय प्रशासनले किरोवोहराद सहर नजिकै भएको आक्रमणमा अन्य १३ जना घाइते भएको बताएको छ ।